एक मान्छेको दुई कथा हुन्छ एउटा संघर्षको कथा अनि अर्को सफलताको कथा ,संघर्षको कथा लामो सफलतको कथा छोटो हुन्छ । संघर्षर्को कथामा भावनाहरू हुन्छन भने सफलताको कथामा उमंग र प्रेरणाहरू समेटीएका हुन्छन । कथामा विषय उस्तै सुनिए पनि भोगाइका अनुभुति र सिकाइको सिपहरू फरक (फरक रहन्छ । सपनाहरू एकातिर बाध्यताहरू अर्कै तिर पारेर जिम्मेवारी सम्हाल्न सक्नु नै जीवन हो । वैदेशिक रोजगारीमा जानुको उदेश्य भनेकै पारिवारिक जिम्मेवारी बहन गर्नु हो । तर सम्बन्ध दोहोरो हुन सकेन भने परिवार नै विग्रन्छ । सपनाहरू टुट्छन र मन भत्किन्छ । यस्तै एउटा कथाको पात्र राजेन्द्र गिरी हुनुहुन्छ ।
जो आज भन्दा १३ वर्ष अगाडि पारिवारिक जिम्मेवारी बहन गर्दै बहराइन पुग्नु भयो। उहाँले जिवनका धेरै उताड चढावहरू भोग्न पर्यो। कल्पना भन्दा फरक जिवनको सामना गर्न पर्यो । एसि टेक्निसियनको काम ,एक लाख माथि नै मासिक कमाई भएपनि उहाँले सुखद समयको अनुभुती भने गर्न पाउनु भएन । छोटो समयको बसाईमा राम्रो आर्जन गर्नु भएपनि उहाँको घरजाम भने दिगो बन्न सकेन । पारिवारिक झमेला मात्रै आईपरेन कि आफ्नै सहयात्रीले सिरिखुरी कमाएको धन कुम्ल्याएर अर्कै संग चम्पट लागिन , त्यसपछि त वैदेशिक यात्रामा मात्रै हैन जीवन नै अन्धकार बन्न पुग्यो । ससाना बाल बच्चाको मायाले उहाँलाई बहराइन बस्न दिएन । गाउँ फर्किएर पनि केही गर्ने पैसा थिएन । निकै ठूलो भुमरि विच रूमलिएको जिवनमा उमंगको कुनै पल आउने विश्वास नै भएन उहाँ भन्नूहुन्छ । जसोतसो आफ्नो घर गुजारा चलाउने काम गर्दै आउनुभएका राजेन्द्रले मेहनत गर्न भने कहिले पछि पर्नु भएन ।
भनिन्छ मेहनतीलाई अवसरले खोज्दै आउछ उहाँको जिवनमा यस्तै भयो । सुर्योदय नगरपालिकाको वैदेशिक रोजगार तथा सुरक्षित आप्रवाशन केन्द्र सामी अन्तरगत रेमि परियोजनको एकद्वार विकाश प्रणाली अनुदान वितरण कार्यक्रम अन्तरगत उहाँ पनि पर्नु भयो । उहाँले यो कार्यक्रम मार्फत वस्तुगत अनुदान प्राप्त गर्नुभयो । तेति मात्रै हैन दक्ष र स्थिर आर्थिक आयआर्जनको लागि उद्ययमशील सीप विकासको तालिम समेत प्राप्त गर्नुभयो । परिवारमा छोरा बुहारी संगै बस्दै आउनुभएका गिरीले हाल व्यवसायीक रूपले कुखुरा पालन गर्दै आउनु भएको छ । उहाँले व्यवस्थित खोर बनाई भर्खरै मात्रै एक छिमल बेचेर चल्ला लगाउनु भएको छ । उहाँले एक छिमलमा दुई सय देखि तिन सय सम्म कुखुरा लगाउने गनर््हुन्छ । केजिको ७ सय रुपैयाँले विक्रि हुने कुखरा दुई देखि तिन महिनामा बेच्न योग्य हुने गरेको छ ।
सिकर्मी कला समेत राम्रो भएका गिरीले अब भने कुखुरा पालनलाई नै प्राथमिकता दिने बताउनु भएको छ । उहाँले बजार व्यवस्थापन अलिक झन्झट भएपनि आफुलाई अहिले एक सफल उद्यमी बन्न सक्ने प्रेरणा नगरपालिकाबाट मिलेको बताउनुभयो । विदेशबाटै फर्केर आउनुभएका उहाँ जस्तै सपना सुवेदी , डिल्लीराम मुखिया,विराज तामाङ र इन्द्रजित मुखियाले पनि यसै कार्यक्रम मार्फत गाउँमै स्वरोजगार बनी आय आर्जन गर्दै आउनुभएको छ । महिनाको २० दखि ३० हजार सम्म कमाई गर्न सकिने पाँचै जनाको अनुभव छ । ” उहाँहरुको एउटै सुझाव छ विदेशमा जानु भन्दा गाउँमै दिगो केहि गरौँ ” ।
सामीको रेमि परियोजना अन्तरगत नगरको एकद्वार विकास प्रणाली अवधारणामा नगरले गत वर्ष दुई वटा वडालाई नमुनाका रूपमा ११ लाख अनुदान वितरण गरेको कार्यक्रम संयोजक इस्वारी तामाङले जान्कारी दिनुभयो । उहाँले यश वर्ष थप दुइवटा वडामा यो कार्यक्रम लागू हुने बताउनुभयो । रेमी प्रयोजना नेपालमा पाइलट प्रोजेक्टको रूपमा मधेश प्रदेशमा १० र कोशीमा १० वटा स्थानिय तहमा संचालित बतनउनस भयो । पहाडी जिल्लामा इलामको सुर्योदय नगरपालिका र खोटाङको दिक्तेल रूपकोट मझुवा गडी नगरपालिमा मात्रै रहेको उहाँले बताउनुभयो ।