कोशी प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सुरु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सोमबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरे ।
कोशी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यलयमा अनलाइन भुत्तानी सेवा सुरु गर्ने क्रममा हिजो इटहरीमा रहेको कार्यलयमा सेवा सुरु गरिएको मन्त्री भण्डारीले जानकारी दिए । अनलाइन भुत्तानी सेवा सुरु गरिएपछी सेवाग्राहीलाई घण्टौंसम्म लाइन बसेर भुक्तानी गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त गरिएको उनको भनाइ थियो । उनले अब कोशी प्रदेशका यातायात कार्यालयमा कोही बिचौलिया नचाहिने र सेवाग्राहीले स्वयम आफ्नो काम सहज रूपमा गर्न सक्ने दाबी गरे ।
नेपालमा पहिलोपटक कोशी प्रदेशले थालनी गरेको यो अनलाइन भुक्तानी प्रणालीले पारदर्शिता र दक्षता बढाउने अपेक्षा लिएको मन्त्री भण्डारीले बताए । यातायात व्यवस्था कार्यलय कोशीअन्तर्गत झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर र ओखलढुंगा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यलयबाट सेवा प्रवाह हुने गरेको छ ।