जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको विभिन्न स्थानबाट लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले उनिहरुलाई इलाम नगरपालिकाबाट पक्राउ गरेको हो ।
उनिहरुको घरकोठा तथा शरिरको खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा लागु औषध ९ब्राउन सुगर० ३ ग्राम २५० मिलिग्राम र विभिन्न कम्पनिको ५ थान मोबाईल समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ पिपल बोटे निवासी सन्तोष भन्ने सन्तबिर तामाङ सहित ५ जना रहेका छन् । तामाङको साथबाट ९६० मिलिग्राम लागुऔषध ९ब्राउन सुगर० सहित ओप्पोको १ थान र रेडमीको १ थान मोवाइल बरामद गरेको छ ।
यस्तै इलाम नगरपालिका–६ बस्ने २९ वर्षका नानु भन्ने बिजय नेम्बाङ लिम्बूको साथबाट १ दशमलव ९३० ग्राम। सन्दकपुर गाँउपालिका–४ माबु बस्ने ३० वर्षका चेत बहादुर गुरूङको साथबाट ३६० मिलिग्राम ब्राउन सुगर र रेडमी मोबाईल १ थान बरामद गरेको छ ।
इलाम नगरपालिका ७ निवासी २७ वर्षका सुप्रिम देवानको साथबाट १ थान रेडमी मोवाइल र इलाम नगरपालिका–०८ जिरोमा गाडी ग्यारेज संचालन गर्ने झापाको बिर्तामोड नगरपालिका–५ का ३१ वर्षिय रोहित आलमको साथबाट रेडमी मोवाइल १ थान बरामद गरेको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिनुभयो । उनिहरुको थप अनुसन्धान जारी रहेको र अन्य यस्ता प्रयोग कर्ताहरुको पनि खोजतलास जारी रहेको उहाँको भनाई छ ।