फिक्कल, इलाम
जिल्ला प्रहरी कार्यालय इलामले जबरजस्ती करणी कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर १२ साङरुम्बा घर भई हाल देउमाई नगरपालिका ७ सिद्धिथुम्का ससुराली घरमा बसोबास गर्दै आएका २४ वर्षका मनोज भन्ने बुद्धिराज लिम्बु रहेका छन । उनले २०८१ साल असार १८ गते २० वर्षकी इलाम की ०८१ / ०८२ लाई जबरजस्ती करणी गरी फरार रहेका थिए।
जबरजस्ति करणी गरी फरार रहेका अभियुक्तलाई खोजतलास एंव अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरीको टोलिले शुक्रबार भागी लुकिछिपि बसेको अवस्थामा इलाम नगरपालिका ७ स्थितबाट पक्राउ गरेको हो ।
साथै पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी मानबहादुर राईले जान्कारी दिनुभयो ।