गोविन्द पौडेल , रोङ
नेपालमा तराईको उष्ण हावापानीमा मात्रै पाईने अति बिषालु सर्प राज गोमन पहाडमा पनि भेटिन थालेको छ । इलामको रोङ गाउपालिका वडा न ६ को दैले डाडा नजिक गाउँमा हिजो करिव सात मिटर लामो र अन्दाजी १५ किलो जतिको राज गोमन ( king cobra) भेटिएको हो ।
करिव १२ सय ५० मिटरको तुसारो समेत पर्न सक्ने स्थामा पहिलो पटक उक्त सर्प भेटिएको स्थानिय युद्ध प्रधानले बताउनुभयो ।
राज गोमन नेपाल, भारत लगायतका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको जंगलमा पाइने, एलापिडा परिवारमा पर्ने बिषालु सर्पको प्रजाति हो । यो सर्प विश्वको सबैभन्दा लामो र ठुलो बिषालु सर्प हो । वयस्क राज गोमनको लम्बाई ३.१८ देखि ४ मिटर १०.४ देखि १३.१ फिट हुन्छ ।