इलाममा श्रीमतीको सिक्कल प्रहारबाट श्रीमान गंभीर घाइते भएका छन् ।
गएराति १०:३० बजे इलाम सूर्योदय नगरपालिका– ६ लालीगुराँस टोल बस्ने ४८ वर्षीय केशर सुन्दास र उनकी श्रीमती ३८ वर्षीया मुना सुन्दास दुवैले मादक पदार्थ सेवन गरी झगडा गरेका थिए । त्यसक्रममा मुनाले केशरलाई सिक्कलले टाउको पछाडीपट्टी प्रहार गरेकी थिइन् ।
घाइतेलाई उपचारको फिक्कल अस्पताल पठाएकोमा त्यहाँबाट थप उपचारको लागि ओमसाई अस्पताल भद्रपुर रेफर गरिएको छ । उनको अबस्था मध्यम रहेको जनाइएको छ ।
सिक्कल प्रहार गर्ने मुनालाई सिक्कलसहित प्रहरी चौकी हर्कटेले नियन्त्रणमा लिएको छ ।