नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात

समाचार

प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले जनाएका छन् । हाल हमासको नियन्त्रणमा रहेका विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल हमासको नियन्त्रणमा केबल २१ जना बन्धक रहेको बताएका थिए । यस्तो अवस्थामा विपिन जोशीसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले उल्लेख गरेका छन् ।
बन्धकका परिवारलाई घटनाक्रमबारे जानकारी दिइरहेको उहाँको भनाइ छ । यद्यपि दुई विदेशी नागरिकको मृत्युको आधिकारिक घोषणा भने भइसकेको छैन ।

हमास र अन्य लडाकु समूहले ५९ जना बन्दी रिहा गर्न बाँकी छ । तीमध्ये ३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । यस्तो अवस्थामा २४ जना बन्धक अझै लडाकु समूहको नियन्त्रणमा रहेको हुनुपर्ने हो ।

तर, यसअघि बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग हाल केबल २१ जना बन्धक रहेको बताएका थिए । २४ मध्ये विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको ठानिएको छ ।

sours : khabarhub

Share this: