मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना

समाचार

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही र बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज हिमाली एक–दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश र लुम्बिनीको थोरै क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले आवश्यक सतर्कता अपजनान आग्रह समेत गरेको छ ।

Share this: