बिबेक शर्मा लामिछने : अन्तु
सुर्योदय नगरपलिका ४ तकपत स्थिति श्री विन्द्यवासिनी मन्दिर संरक्षण समितिको चौथो साधारण सभा सम्पन्न भएको छ। अध्यक्ष गोकर्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथिमा वडा नं ४ का वडा सदस्य जिवनकान्त न्यौपाने रहनु भएको थियो ।
सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तिका साथ एक सय भन्दा वडि स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो । बलराम रिजालले संचालन गर्नु भएको सभामा गोविन्द गिरीले स्वागत गर्नु थियो ।
उपस्थित विभिन्न ब्यक्तिहरुले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो । अध्यक्ष गोकर्ण प्रसाद रिजालले संस्थाको प्रतिवेदन साथै २७ लाख ५६ हजार ३ सय सत्तरी रुपैयाँको आय ब्यय सहितको आर्थिक प्रतिवेदन प्रसतुत गर्दा बलराम रिजालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभाले पुन गोकर्ण प्रसाद रिजालको अध्यक्षतामा सात सदस्यीय संरक्षण समिति गठन भएको छ जसको उपाध्यक्षमा नम्रता नेपाल ,सचिवमा दिपकला गौतम, सहसचिवमा ओमकार शर्मा कोषाध्यक्षमा गोविन्द गिरी र सदस्यहरुमा बलराम रिजाल र काशीनाथ रिजाल चयन चयन गरेको छ।