ज्वोति माविद्धारा नयाँ विद्यार्थी स्वागत तथा शिक्षक विदाई कार्यक्रम सम्पन्न

समाचार

प्रविन विसी : लक्ष्मिपुर, इलाम

सुर्योदय नगरपलिका १३ मा अवस्थित ज्योति माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रम बिच शिक्षक विदाई , कक्षा १२ का विद्यार्थीलाई विदाई साथै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईको अध्यक्ष्तामा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक, अभिभावक सङ्घका पदाधिकारीको उपस्थिति रहेको थियो ।
विगत १६ वर्ष यता विद्यालयमा आबद्ध शिक्षक हरिबहादुर आचार्यलाई विद्यालयले गोल्डन ह्यान्डसेक रु १ लाख १ हजार ७ सय रुपैयाँ नगद त्यसै गरि शिक्षिका दीक्षा राईलाई पनि ७२ हजार १५ रुपैया नगद सहित मायाको चिनो प्रदान गरि विदाइ गरिएको थियो ।

विध्यालयले कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनोका साथ उज्वल भविश्यका कामना गर्दै विदाइ गरिएको हो । विद्यालयले नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत समेत गरेको थियो

यस अवसरमा विद्यार्थीहरूले गायन तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक पदम राई, निर्मला मैनाली, प्रविन बिसी, धन बहादुर राईले मन्तव्य राख्दै शिक्षक द्वय हरिबहादुर आचार्य र दीक्षा राईलाई स्कुलबाट बिदा हुदाँको क्षणमा दु ख लागेको भए पनि यो अपरिहार्य भएकाले आगामी दिनहरूमा स्कुललाई दिनुपर्ने साथ सपोर्ट सदैव शिक्षक हरि आचार्यले गर्नुहुने विश्वास व्यक्त गर्नु भयो ।

प्रधानाध्यापक दीपक पौडेलले विदाइ हुने शिक्षक शिक्षिको प्रशंसा गर्दै उहाँहरुले स्कुलमा रहदाँ गर्नुृ भएको योगदानको स्कुलले संधै कदर गर्ने बताउनुभयो । उहाँले विध्यालष् र यहाँका विध्यार्थीले उहाँहरुले देखाएको असल मार्गको अनुसरण गर्ने बताउनुभयो । उहाँले कक्षा १२ का भाइबहिनीको थप शैक्षिक गतिविधिहरु सक्रिय र सफल बनेर जाने विश्वास व्यक्त गर्दे नव आगन्तुक ३४ जना विद्यार्थीहरूलाई स्वागत गर्नु भयो।

Share this: