गोविन्द पौडेल : रोङ
रैथाने वालि लोप हुँदै जादां ईलाम कोशेली काली काक्रा पनि नक्कली हुन थालेको छ ।
ईलाममा पहिलो पटक व्यवसयीक रुपमा खेति गरिदै आएको स्वादिलो स्थानिय जातको काली काक्रो यति बेला धेरै र छिटो उत्पादन लिन उस्तै प्रकार र रंगमा देखिने विदेशबाट आयतित बर्णशकर (हाईब्रेड) जातमा भित्रिएपछि रैथाने जातको कालिकाक्रो नक्कलि बनेको हो । हेर्दा स्थानिय जातमा उस्तै रहेको छ तर हरेक आँख्लामा फल लाग्ने र छिटो साथै रैथाने जाको जति बोट नहुने र एउटा थाङ्रोमा टमाटरलाई जस्तै लहरो बाँधेर छिटो र थोरै समयमा फलाउन सकिने हुदा किसानहरूले यसलाई रुचाउन थालेका हुन् ।
तराईको खिर्रो जस्तै फलाउन सकिने यसको स्वाद भने अलि खल्लो र टोक्दा स्थानिय जातजस्तो लसकदार नभई करक करक हुने हुन्छ। लामको सुर्योदय ६ को तारगाउबाट करिव दुईदशक अघि व्यवसायीक रुपमा गरिदै आएको रैथाने जातको कालिकाक्रो जेष्ठ महिना देखि असोजसम्म फल्ने गरेको छ भने नेपालको प्राय पहाडि जिल्लाहरुमा विस्तार भई सकेको छ । गर्मिको सारथि काक्रोलाई सलाद, अचारको परिकारसगै त्यसै कर्याककर्याक खान सकिन्छ । मेचि राजमार्गको सडक पसलमा प्राय बेच्न राखिने यो काक्रो ईलाम बाट अन्यत्र बाहिरिनेहरुको लागि कोशेलि बन्ने गरेको छ ।
ईलामको रोङमा अत्याधिक खेति गरिने रैथाने काली काक्रोबाट यहाँका किसानहरुले लाखौ रुपैया भित्र्याउने गरेका छन् । यहाँ उत्पादिक रैथाने कालिकाक्रो मेचि राजमार्गका अधिकांश पसलहरमा पाईन्छ । झापाका विभिन्न बजार काठमाण्डौँ साथै भारतको नक्शनलबाडि, बागडुग्रा र सिलिगुडि सम्म पुग्ने गरेको छ ।