फिक्कल , इलाम
बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत, र १२ कास्य पदकसहित कुल २२ पदक जिती तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा मोरङ पहिलो ४६ पदक र झापा दोस्रो ४४ पदक बनेका थिए।
११औं स्थानबाट तेस्रोसम्मको यात्रा तय गरेको इलामको यो उपलब्धि पालिका र जिल्ला स्तरीय तयारीको परिणाम भएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनुभयो।
यस प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोटमा परेका छन्। छनोट हुनेहरु तेक्वान्दोमा दिविना कार्की (४५ केजी), सोनिम भट्टराई (४४ केजी) छन भने उसुमा सुनिथी राई, रितीका राई र दीप्सन नेम्बाङ छन । त्यसैगरी दौडतर्फ (३०००) मिटरमा पुष्पा शेर्मा लिम्बु रहेको अध्यक्ष बास्कोटाले बताउनुभएको छ ।
खेलकुदलाई गाउँ–गाउँमा पुर्याउन थालिएपछि खेलाडी उत्पादनमा उल्लेखनीय वृद्धि भएको उहाँको भनाइ छ। बजेट अभाव हुँदाहुँदै पनि पालिकासँगको समन्वयमा प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन हुँदै आएको बाँस्कोटाको भनाई छ । इलाममा समितिको नयाँ भवन निर्माण अन्तिम चरणमा पुर्याएको छ।