सुर्योदय नगरपालिकामा मानव अधिकार मञ्च इलामद्धारा नगर कमिटि गठन

समाचार

प्रविन विसी , लक्ष्मिपुर इलाम  

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (नेपाल मानव अधिकार एलायन्स) जिल्ला शाखा इलामले शुक्रबार सूर्योदय नगरपालिकामा शरण फागोको नेतृत्वमा ११ सदस्सीय कमिटी गठन गरेको छ।

एलायन्स जिल्ला शाखा अध्यक्ष शारदा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एलायन्स केन्द्रीय सदस्य गायत्री थेगिम प्रमुख अतिथि रहनुभएको थियो ।

जिल्ला कमिटी इलाम शाखाले १० वटा पालिकाहरूमध्ये सूर्योदय नगरपालिलाई पहिलो पालिकाको रुपमा कमिटि गठन गरेको अध्यक्ष शारदा उप्रेतीले जान्कारी दिनुभयो । उहाँले विभिन्न संघ संस्थासँग आबद्ध रहेका व्यक्तिहरू मात्र मानव अधिकार मञ्चमा हुन पाउने प्रवाधान रहेको बताउनुभयो ।

नव गठित कमिटिको अध्यक्षमा शरण फागो निर्विरोध चयन हुनुभएको छ ।  उपाध्यक्षमा तुलसा खत्री , सचिवमा जीवन अधिकारी त्यस्तै सदस्यहरुमा अजित गुरुङ , प्रवीण बिसी, अरुण सुब्बा, प्रकाश खवास, अमृता राई , गायत्रा ओली र रवि गुरुङ चयन हुनुभएको छ ।

कार्यक्रमा इलाम इन्चार्ज भक्त थामी ,पूर्व नगर उपप्रमुख दुर्गादेवी भट्टराई, निहारिका समाजको कार्यकारी निर्देशक रमेश राईको अतिथि रहनुभएको थियो।

नव गठित समितिलाई प्रमुख अतिथि अतिथिहरुले जनताको प्रत्यक्ष गुनासो सुन्ने र हक अधिकार संग जोडिएको संस्था भनेकै मानव अधिकार मञ्च रहेकाले काम गर्दा मार्यादित भई निपक्ष ढगंले गनुपर्ने सुझाका साथ शुभकामना दिनुभएको थियो ।

मानव अधिकार सम्बन्धी विशेष जानकारी दिँदै एलायन्सका जिल्ला इन्चार्ज भक्त थामीले मानव अधिकारका उदेश्य,काम कार्वाही गर्दाका मान मर्यदा नीति कानुन संगत ढंगले कसरी गर्ने भनि प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव टिंकु भट्टराईले गर्नु भएको थियो ।

Share this: