सुर्योदय १० डाडागाउँ टोलमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण सम्पन्न

स्वास्थ्य

इलामको सुर्योदय नगरपालिका–१० स्थित स्वामी पार्क डाडागाउँ टोल विकास संस्थाको समन्वयमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण कार्यक्रम सम्पन्न भएको छ। डाँडागाउँ टोलका अध्यक्ष वशान प्रधानको अध्यक्षतमा भएको कायक्रमको प्रमुख अतिथि सुर्योदय नगरपालिका वडा नं। १० का अध्यक्ष पेमा उगेन लामा रहनुएको थियो।

कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य शिक्षा, स्वच्छता र आत्मचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यायउने प्रमुख अतिथि लामाले विश्वास लिएको बताउनुभयो। उहाँले नगरले विभिन्न समयमा जनहितका स्वास्थ्य सचेतना , स्वास्थ्य परिक्षण, लगायत प्रत्यक्ष रोजगारी विकासका लागि कार्यक्रमहरु गरिरहेकाले टोलवासीले पनि यस्को फाइदा उठाउनका लागि चासोका साथ सहभागीता जनाउनु पर्ने खोज गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि हाई इफिसिएन्सी एग्रो टुरिजम हेल्थका सुनिल राईले स्वास्थ्य सचेतनाको महत्वबारे सम्बोधन गर्दै यो कार्यक्रम वातावारण स्वास्थ्य संग जोडेर संचालन गरिरहेको बताउनुभयो । हाई इफिसिएन्सी एग्रो टुरिजम हेल्थ, महालक्ष्मी–ललितपुरको आयोजनामा स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीलाई एक–एक हाइजेनिक किट वितरण गरिएको थियो। सो किटमा हट वाटर ब्याग, सेनेटरी प्याड, हात धुने साबुन, बेटाडिन, कटन रोल, नेलकटर, टुथपेस्ट, टुथब्रस, काँग्यो , डिजिटल थर्मामीटर, ह्यान्डी प्लास्ट, हात पुछ्ने टावललगायत सामग्री वितरण गरिएको छ ।

यो कार्यक्रम हाल कोशी प्रदेशका १५ वटा पालिकामा रहेका छन । इलाम जिल्लाभित्र पाँच वटा पालिका इलाम नगरपालिका, सुर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिकामा संचालन गरिएको छ । स्वास्थ्य, स्वच्छता र पर्यटनको प्रवर्द्धन गर्दै यस प्रकारका कार्यक्रमहरू आगामी दिनमा अझै सघन रूपमा सञ्चालन गरिने आयोजक संस्थाका कोशी प्रदेश कार्यक्रम संयोजक राईले जान्कारी दिनुभयो ।

Share this: