वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार गणेश रसिकप्रति इलामको फिक्कलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो फिक्कल र गणेश रसिक फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा रसिकका कालजयी गीतहरू प्रस्तुत गर्दै उहाँको बहुआयामिक योगदानको सम्झना गरिएको थियो।
कार्यक्रममा सूर्योदय नगरप्रमुख रणबहादुर राई, संविधानसभा सदस्य सूर्यबाला राई, रसिककी छोरी निर्जा रसिक राई, भान्जी प्रणिका कोयु लगायत नेपाल–भारतका सयौं शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले रसिकको सृजनामार्फत उहाँ सधैं अमर रहने र उहाँका अधुरा सपना पूरा गर्न सबै लाग्नुपर्ने प्रतिबद्धता जनाउनुभएका थियो। रसिक कि भान्जिले उहाँका केही सिर्जनाहरु चर्चित भएर पनि उहाँको नाम कतै न जोडिने हुँदा यस्को इलाम बाटै खोजी हुने विश्वास व्यक्त गर्नुभयो । “यो नेपाली ठिटो, हटि हैन डटी हिड्ने नेपालीकाृ बानी हुन्छ जस्ता गितका सर्जक रसिक भउको तर उहाँको कतै नाम उल्लेख नहुने कुराले दुखी बनाउने गरेको बताउनुभयो “।
साहित्यकार, कलाकार तथा पत्रकारहरूले पनि रसिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा उपप्रमुख दुर्गा कुमार बराल, जिल्ला समन्वय उपप्रमुख चित्रकला बराइली, कविहरू बिमल वैद्य, कुल प्रसाद ढकाल, पत्रकार केदार शर्मा, चलचित्र निर्देशक कैलाश राई, उद्योगी उदय चापागाईं, गायक कोमल निरौला, कवि भुवनराज ढुङ्गाना लगायतले उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो।
त्यसैगरी, पुजन प्रधान, कमल अर्याल, भूपेन्द्र राई, गायत्रा ओली, कृतिका राई, किरण योन्जन, आश्विन प्रधान, बृष प्रधान, रगुन गुरुङ, राजेश चाम्लिङ, अर्पणा राई, जय राई, लेखु मुखिया लगायतका कलाकारहरूले रसिककै गीत गाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
वि।सं। २००४ असोज ४ गते भोजपुरमा जन्मनुभएका रसिकको २०८२ जेठ १८ गते ललितपुरमा निधन भएको थियो। उहाँका प्रमुख कृतिहरूमा सारङ्गीभित्र, गणेश रसिकका गीतहरू, आकाश गङ्गाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडे तथा ५ कृतिको संगालो पेरुङ्गो लगायत कविता, कथा, निबन्ध, नियात्रा र संस्मरणका एक दर्जनभन्दा बढी कृतिहरू छन्।
उहाँले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक, र नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारीसमेत सम्हाल्दै उल्लेखनीय योगदान दिनुभएको थियो।
वि।सं। २०८१ असोज १४ गते काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ‘गणेश रसिकः अभ्यर्थना ग्रन्थ’ सार्वजनिक गरिएको थियो।