पहिरोले मार्से–कोल्बुङ सडक अबरुद्ध, स्थानीयवासी समस्यामा

समाचार

डाइमन्ड तिमसिना ,रोङ इलाम

इलामको रोङ गाउँपालिका–३ अन्तर्गत ७ नं। गोलाई हुँदै मार्से, सूर्यदय अम्बि, कन्याम र सान्तिपुर जोड्ने मुख्य सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तर परेको झरीपछि गए रातिदेखि सुख्खा पहिरो खस्दा सो सडक खण्ड सम्पूर्णरूपमा ठप्प भएको हो।

कट्टसे डाँडामा खसेको पहिरोका कारण दुध ढुवानी गर्ने गाडी, विद्यालय जाने सवारीसाधन तथा अन्य साना यातायातका साधनहरू रोकिएका छन्। सडक अबरुद्ध हुँदा दैनिक आवतजावतमा कठिनाइ भएको स्थानीयले जनाएका छन्।

पहिरोका कारण सोही स्थानमा रहेका चार घर जोखिममा परेका छन् भने स्थायी बसोबास गर्ने परिवारहरू त्रासमा रहेका छन्। स्थानीयवासीले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै पहिरो हटाइ सडक सुचारु गर्न आग्रह गरेका छन्।

स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले सडक चाँडै खुल्ने प्रतिक्रिया दिनुभएको छ  ।

Share this: