वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरणका लागि सुर्योदयमा उद्यमी र बैंक तथा वित्तिय संस्थाहरु संग छलफल सम्पन्न

समाचार

बिक्रम सुन्दास :- फिक्कल, इलाम

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले रेमी कार्यक्रमअन्तर्गत उद्यमी र बैंक तथा वित्तीय संस्था बीच सुर्योदय नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नगर उपप्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई, वडा नं। २ का अध्यक्ष तथा सामाजिक विकास संयोजक डिक बम्जन, बैंकर्स नेपाल फिक्कलका अध्यक्ष तथा नविल बैंक फिक्कल शाखा प्रमुख रन्जन नेपाल, साना किसान बचत तथा ऋण सहकारी संघ सुर्योदयकी प्रमुख रञ्जु पराजुली, वाणिज्य बैंक फिक्कलका शाखा प्रमुख राज सिटौला, कृषि विकास बैंक फिक्कल शाखा प्रमुख कमल राजवंशी लगायतले बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गरेका सेवाकाका बारेमा प्रस्तुति करण गर्नुभएको थियो ।

कार्यक्रमको आयोजन सुर्योदय नगरपालिका श्रम तथा रोजगार प्रवर्द्धन शाखाले गरेको हो भने सहजीकरण बुलन्द मल्टि टेक्निकल प्रा।लि।, इलामले गरेको थियो। कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख विष्णु रिजालले राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख बरालले “अब भौतिक पूर्वाधारभन्दा पनि मानव संसाधनको विकासतर्फ प्राथमिकता दिनुपर्ने”मा जोड दिनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने भन्दा पनि स्वदेशमै स्वरोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बन्ने दिशामा कार्यक्रम अघि बढेको बताउनुभयो।

उहाँले भन्नुभयो, “सुर्योदय नगर स्वरोजगारमुखी बनाउने हाम्रो लक्ष्य हो। रेमीजस्ता कार्यक्रमले फर्किएकाहरूको सीपलाई उद्यममा बदल्ने माध्यम बन्न सक्छ।”

कार्यक्रममा सहभागिहरूले वित्तीय पहुँच, व्यवसायको दिगोपन, ऋण प्रवाहका चुनौती र उद्यम विकासमा सहकार्यका सम्भावनाबारे सुझाव तथा धारणा व्यक्त गरेका थिए। कार्यक्रममा विदेशबाट फर्किएर विभिन्न उद्ययम सन्चालन गरिरहनुभएको व्यक्तिहरुको उलेख्य उपस्थिति रहेको थियो ।

Share this: