भोजपुरको रामप्रसादमा घरेलु विवादले चारको ज्यान लियो

समाचार

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोर्लेखानीमा एक पुरुषले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले आफ्नी श्रीमती, सासू, ससुरा र सालोको हत्या गरेका हुन्।

प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार मृतकमध्ये ससुरा वेलबहादुर गिरी, सासू मञ्जु गिरी, श्रीमती मनिषा र सालो सपन गिरी रहेका छन्।

राईले प्रारम्भिक बयानमा घरायसी विवादका क्रममा राति करिब १२स्३० बजे ससुराली पक्षबाट आक्रमण भएपछि आफूले प्रतिकार गर्दा घटना भएको बताएका छन्।

उनको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको र हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Share this: