सुर्योदय नगरपालिका १ गोर्खेका राज कटवालको हिपप गीत सार्वजनिक

मनोरञ्जन

बिक्रम सुन्दास:- फिक्कल, इलाम

संगीत,कला ,खेलको कुनै भाषा हुदैन । मन भावना संग जोडीन पुगेमा प्रिय लाग्ने गर्दछ । प्रविधिको विकास क्रम र प्रयोगले आज विश्व एक गाँउ बनेको अवस्था छ । कलाकार खेलाडीहरको त परिवार नै बनेको छ । यहि परिवेशको मध्यनजर गर्दै नेपाली युवाहरुको पनि मन मस्तिष्कले नयाँ पनको खोजी र अनुसरण गर्न थालेका छन ।

इलाम सुर्योदय नगरपालिका वडा नम्बर १ गोर्खेका  राज कटवाल जस्ले आफ्नो जिवनको प्रगति पथको नाम लेजी राखेर परिचय खोजिराखेका छन । उनले भर्खरै मात्र लेजी युटुब च्यानलमा हिपप गितलाई रिलिज गरेका छन ।

आफुले जिवन भोगाईको क्रममा लेखेका शब्दहरुलाई संगीत आफ्नै आवजमा बजारमा लिएर आउने गरेका छन । दर्शकहरुको साथ पाए आगामीदिनहरुमा समेत आफुले निरन्तरता दिने बताएका छन ।

Share this: