वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी व्यावसायी तथा उद्यमी प्रोत्साहन कार्यक्रम सुर्योदय नगरपालिकामा सम्पन्न

समाचार

वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी व्यावसायी तथा उद्यमी प्रोत्साहन कार्यक्रम सुर्योदय नगरपालिकामा सम्पन्न गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएर आएका व्यक्तिहरूको पुन एकीकरण परियोजना रेमी , श्रम तथा रोजगार प्रवर्द्धन शाखा रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।

नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमा श्रम तथा रोजगार शाखा प्रमुख बिष्णु रिजालले नगरको आप्रवासी कामदार कार्यविधि २०८२ अनुसार ७ वटा मापदण्डका आधारमा रोजगार श्रृजना गर्दै आएको र दुर्गमका उद्यमी ब्यवसायीलाई ३ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरीएको जानकारी दिनु भयो ।

रेमीले नगरको उत्कृष्ठ ब्यवसायीको रुपमा कुषि तथा पशुपालन तर्फ राजेन्द्र तुम्लिङे र सपना सुवेदीलाई नगद १५ हजार ५ सय सहित सम्मान गरेको छ । यस्तै  बिश्वास सुब्बा , रमेश गजुरेल ,राजेन्द्र गिरी , गोपाल राई , मिन बहादुर खडका सहदेव तामाङ जनकलाल कट्टेल, बिशाल प्रधान लगायतलाई नगद १० हजार सहित सम्मान गरेको रेमी परियोजनाका संयोजक इश्वरी तामाङले जानकारी दिनु भयो ।

कार्यक्रममा ३ लाख बराबरको सहयोग सामग्री समेत ब्यवसायी तथा सहकारीलाई हस्तान्तरण गरीएको थियो । नगर प्रमुख राईले बैदेशिक रोजगारीबाट फर्कीएका ब्यक्तिलाई आफनै ठाउमा सम्मान जनक रोजगारीका लागि परियोजनाले ठूलो सहयोग गरेको बताउनु भयो । उहाँले हामीले गरिरहेको खेती प्रणाली एक्कल भएकाले अब यसलाई रुपानतरण गरी  सामुहिक बनाउने पर्नेमा जोडदिनुभयो  ।

यस्तै नगर उप प्रमुख दुर्गाकुमार बरालले बिदेशबाट आएका ब्यक्तिले फेरी बिदेशै  जानु नपरोस भनेर  बिभिन्न कार्यक्रम संचालन गरीरहेको जानकारी दिदै पाएका सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगरका प्रशासकीय अधिकृत लुना खतिवडा , आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सूर्योदय नगर अध्यक्ष खगेन्द्र बास्तोला लगायतले आफनो धारण राख्नु भएको थियो ।

परियोजनाले यस अघि बैदेशीक रोजगारीबाट फर्कीएर ब्यवसायमा लागेका ब्यक्तिलाई चक्रिय बीउ पुजी हस्तान्तरण गरेको थियो ।

Share this: