४५ दिन देखि सुनचाँदि व्यावसायी आन्दोलित हुँदा अन्य व्यावसायको समेत आर्थिक कारोबारमा चुनौति

समाचार

इलाम जिल्लाको मुख्य आर्थिक कारोबार हुने बजार इलाम , फिक्कल , मंगलबारे, शुक्रबारे , नयाँबजार लगायतमा यति बेला सुनचाँदीको कारोबार ठप्प रहेको छ ।  सुनचाँदी व्यावसायीहरु भने पसलमा सटर लगाएर आन्दोलनमा होमिएका छन ।

सुर्योदयको फिक्कलमा मात्रै १८ वटा बढी सुनचाँदी पसलहरु रहेका छन । यी पसलहरु गत असार १३ गतेबाट निरन्तर व्यानर टाँसेर आन्दोलमा रहेका  इलाम जिल्ला सुनचाँदी व्यावसायीसंघका पुर्व उपाध्यक्ष तथा व्यावसायी राम संकरले बताउनुभयो ।

यस्को असर प्रत्यक्ष मात्रामा बैंक तथा वित्तिय संस्था, अन्य व्यावसायीक संस्थाहरु र उपभोक्तामा समेत परेको छ । यहाँ मात्रै हैन यतिबेला नेपालभरका सुनचाँदी व्यावसायी तथा कालिगढहरू  आन्दोलित भएका छन् । नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यावसायी महासंघको संयुक्त आयोजनामा विगत ४५ दिन देखि केन्द्रमा आन्दोलन जारी रहेको छ ।

बुधबार  पनि काठमान्डौँमा सडकमा सिटि फुकेर आन्दोलनमा उत्रिएका थिए ।  हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नु पर्ने, र सुनमा लगाइएको २ प्रतिशत विलासी कर हटाउनुपर्ने व्यावसायीहरुको माग रहेको छ । उनीहरूले सरकारले यस्ता करमार्फत व्यवसाय नै धरापमा पार्ने प्रयास गरिरहेको आरोप लगाएको छन । उनीहरूका अनुसार अत्यधिक करका कारण बजारमा अवैध कारोबार मौलाउँदै गएको बताएका छन ।

व्यवसायीहरूले जनताको पहुँचभन्दा बाहिर पुर्‍याउने गरी गरिएको कर निर्धारण तत्काल फिर्ता नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्यवसायीहरूले आन्दोलन जारी राख्ने, चरणबद्ध रुपमा देशभरका जिल्लाहरूमा पनि विरोध कार्यक्रम गर्ने तयारी गरेको बताएका छन्।

Share this: