फिक्कल ,इलाम
तिजका गीतहरु धेरै आउँछन बजारमा तर मौलिकता बोकेका वास्वविक गीतहरुको खडेरिनै लाग्ने गर्दछ । विशेष चेली र माइतिको कथा गीतको भाका भन्ने गर्दछ । विवाह भएर पराई घर पुगेकी चेलीलाई माइतीले तिजमा बोलाउने र मिठोमसिनो बनाएर खुवाउने परम्परागत रित नै तिज हो । पौराणीक कथाहरु पनि यसमा जोडीका हुन्छन ।
यस्तै कथाहरुको एक नौलो र वास्तविक चित्रणको गीत हो माइतिको आगन, जो हाल बजारमा चर्चा कमाइरहेको छ । माइतीको आगन बोलको गीतलाई गीतकार आमासी उर्वन राइले बजारमा लिएुर आउनुभएको छ । आमासीको शब्द संगीतमा रहेको यो गीतलाई दिपा तामाङ र इन्द्रकला राइले आवाज दिनुभएको छ भने राजु कार्कीले संगीत संयोजन गरी मिक्सिङ मास्तरिङ गर्नुभएको छ ।
एन .एस .के .के. युटुब च्यानलमा रिलिजभएको गीतमा मनिता गुरुङ, प्रियान्सि प्रसाई र प्रनिशा चौहानले अभिनय गर्नुभएको छ । अब यस गीतलाई दर्शक स्रोतालाई नै माया गर्नुे अधिकार दिएकाले सबैले गीतको कथा मा रमाउनुहुन समेत आमासीले अनुरोध गर्नुभएको छ ।