भावनात्मक म्युजिक भिडियोमा भुवन खड्काको जीवन्त अभिनयको चर्चा चुलिन्दै

मनोरञ्जन

निशान निरौला :-  झापा

पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ भावनात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका यथार्थ घटनामा आधारित गीतमा खड्काले सशक्त अभिनय प्रस्तुत गरेका छन्।

कौशिला राजवंशी र मनिषा विश्वकर्मा पनि अभिनयमा छन्। गीत प्रकाशकला श्रेष्ठले लेखेकी हुन् भने डिम्पल अधिकारीको स्वर र अशोक थापाको संगीत संयोजन रहेको छ। निर्देशन अशोक लाखेले गरेका हुन्।

छायांकन सोम मग्राती, सम्पादन मुहारसिंह थापा मगर र गायक सुमन मग्राती हुन्। निर्माता प्रकाशकला श्रेष्ठले भिडियोले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन्।

भुवन खड्काले आगामी दिनमा पनि यस्ता सिर्जनामा निरन्तर लागिरहने बताएका छन्। भिडियो युट्युबमा सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Share this: