इलाम रोङको रम्भ्याङ स्वास्थ्य इकाईलाई अढाई लाख बराबरको सहयोग हस्तान्तरण

समाचार

गोविन्द पौडेल :- रोङ ,इलाम

इलामको रोङ गाउँपालिका–६ स्थित रम्भ्याङ आधारभूत स्वास्थ्य इकाईलाई एक विदेशी संस्थाबाट अढाई लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ। नमुना विकास केन्द्रको व्यवस्थापनमा स्पेन्ड डिरिक नामक विदेशी संस्थाले स्वास्थ्य केन्द्रको भवन सुधार, सिलिङ पार्टिसन निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता र उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यतामा भएको थियो।

कार्यक्रममा अध्यक्ष स्याङ्वोले सीमित स्रोत र साधनका कारण सबै आवश्यकता पूरा गर्न कठिन भइरहेको अवस्थामा प्राप्त सहयोगले ठूलो राहत मिलेको बताए। उपाध्यक्ष खवासले रम्भ्याङ इकाईमा सेवाग्राहीको चाप बढी रहेको जनाउँदै यसको विकासमा पालिका लागिरहेको र यस्ता सहयोगले थप सहजता ल्याउने विश्वास व्यक्त गर्रनुभयो। स्वास्थ्य शाखा प्रमुख दीपक खतिवडाले आधारभूत सामग्रीको अभावमा रहेका संस्थाका लागि दाताको सहयोगले सेवा प्रवाहमा सहजता आउने बताए।

सहयोगदाता स्पेन्ड डिरिकका स्थानीय सहजकर्ता तथा नमुना विकास केन्द्रका कोषाध्यक्ष रुद्र प्रधानले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य सुधारका लागि सहयोग गरिएको जान्कारी दिनुभयो ।

Share this: