मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा उत्किृष्ट आर्टिस्ट विजेता

मनोरञ्जन

फिक्कल ,इलाम

घरबार हाम्रो पुर्वैतिर हो बोलको गीतबाट मुकेश गुरुङ फिक्कल बोईले उत्किृष्ट मोडलको जित्नुभएको छ । काठमान्डौँमा भएको चौँथो सिल्भर म्युजिक अवार्डमा उहाँले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलका गित नोमिनेशनमा परेको थियो ।

यस गीतमा आवाज मेलिना राई र कुमार प्रयास राईले दिनुभएको छ भने शान्तिराम राइको शब्दलाई अनिल कोयु राईले संगीत भर्नुभएको छ ।

मुकेशले हाल सम्म १६ वटा गीतमा आफ्नो अभिनय प्रस्तुत गरिसक्नुभएको छ । मुकेशले यो भन्दा अगाडी पनि हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण जित्नुभएको थियो ।

Share this: