सूर्योदय नगरपालिकाको प्रसिद्ध पर्यटकीय क्षेत्र कन्याममा फूल रोपण गर्दै सौन्दर्यकरण अभियान सुरु गरिएको छ। नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा उक्त अभियानको औपचारिक थालनी गरिएको हो।
सूर्योदय नगरपालिका–६ का वडा अध्यक्ष शिवकुमार बस्नेत, वडा नं। ७ का अध्यक्ष लोकबहादुर चाम्लिङ राई लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा कन्याम क्षेत्रलाई अझ आकर्षक बनाउँदै पर्यटकीय सम्भावनाको विकास गर्ने लक्ष्य लिइएको जनाइएको छ। अभियानमा हर्कटे प्रहरी चौकीका प्रहरी जवानहरू, सशस्त्र प्रहरी वेश क्याम्पमा प्रमुख गणेश कुमार खतिवडा सहितको टोली स्थानिय टोलवासी लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
विगत ४ हप्ता अगाडि बाटै अभियान सुरू गरिएपनि औपचारिक उद्घाटन भने बिहीबार गरिएको अभियान कर्मी राकेश देवान बताउनुभयो । उहाँले अभियानले सरसफाई गर्ने रोपिएका विरूवाहरू स्यारसुसार गर्ने गरि प्रत्येक मंगलबार दिउँसोको समयमा ३र४ घण्टाको समय छुट्याइएको जान्कारी दिनुभयो । उहाँले यो अभियानमा देश विदेशबाट समेत अभियान कर्मी र सहयोगी मनहरू जोडिएर सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा सहभागिहरूले फूल रोपणसँगै वातावरणीय सन्देशसमेत फैलाउने उद्देश्य रहेको उल्लेख गरे। कार्यक्रममा सहभागिहरूले आपसी सल्लाह र समन्वयमा सौन्दर्यकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको अन्त्यमा खिर खुवाउने सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले सहभागीहरूबीच आपसी मेलमिलाप र सहकार्यको भावना अझ प्रगाढ बनाएको थियो। स्थानीयको सक्रिय सहभागिता र नेतृत्व तहको पहलमा सुरु भएको यो अभियानले कन्यामको आकर्षणमा थप चमक दिने अपेक्षा गरिएको छ। अभियान अन्र्तगत कन्यामको खाली जमिन सडक किनारामा एन्रजेलिया , धुपी , कपुर लगायतका बिरुवा रोपण गरिएको छ ।