१२ कक्षा नतिजा सार्वजनिक स् ३८।८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजी विषयमा सबैभन्दा बढी अनुत्तीर्ण

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३८।८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना गरी कूल ५ लाख १० हजार ९८७ विद्यार्थीले परीक्षा दिएका थिए । तिनीहरूमध्ये २ लाख ४२ हजार ४६५ नियमित र ४१ हजार ८४० आंशिक गरी कूल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डले दिएको जानकारीअनुसार १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । जसमध्ये नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

जीपीए अनुसार नतिजा यस प्रकार रहेको छस्

३।६१ देखि ४.००(१३,५०२ जना)

३।२१ देखि ३.६०(५५,८९६ जना)

२।८१ देखि ३.२०( ९४,२६८ जना)

२।४१ देखि २.८०( ६९,८१२ जना)

२।०१ देखि २.४०( ८,९६४ जना)

१।६१ देखि २.००स(२३ जना)

गत वर्षको तुलनामा यस वर्ष नतिजामा ९ प्रतिशतले वृद्धि भएको छ । अध्यक्ष शर्माका अनुसार विद्यार्थीको मिहिनेत, अभिभावकको चासो र विद्यालयको सक्रियता नै यस नतिजा वृद्धिको प्रमुख कारण हुन् ।

ननग्रेडेड विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।

Share this: