सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई सम्मानित तथा पुरस्कृत गरीएको हो ।
सम्मानित तथा पुरस्कृत हुनेमा पत्रकार मनोज अधिकारी सहित ब्यक्ति तथा संस्था छन । पत्रकार अधिकारी प्रेस चौतारी नेपाल, इलाम शाखाका अध्यक्ष, राष्ट्रिय समाचार समिति ९रासस०को इलाम सम्वाददाता , डिजिटल अनलाईन पत्रिका इलाम खबर डटकमका सम्पादक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका इलाम तथा झापा श्रोत व्यक्ति हुनुहुन्छ ।
सम्मानित हुनेहरुमा सामाजिक क्षेत्रतर्फ डा. बिवेक कट्टेल, भाषा, कला साहित्य संगीत तर्फ भुपेन्द्र राई, कर्मचारी तर्फ योजना अधिकृत खेमराज राई , लेखा अधिकृच श्रृजना बिष्ठ, उत्कृठ महिला उध्मी तर्फ संगीता कामी , उत्कृष्ठ पुरुष उद्यमी तर्फ सरण थुलुङ, उत्कृष्ठ किसान तर्फ सीतादेवी अधिकारी , अम्बिटार टोल बिकास संस्था , बिद्यालय तर्फ सूनपा १ को सीमावतीृ महेन्दो्रदय आधारभूत बिद्यालय, गणित शिक्षक भुपेन्द्र अधिकारी , बिज्ञान शिक्षकतर्फ दिपेन्द्र आचार्य , बिद्यालय ब्यवस्थापन समिति तर्फ केराबारी आधारभुत बिद्यालय, बिद्यार्थी तर्फ नामसाम राई र आशिका राई रहेक छन । यस्तै खेलकुद क्षेत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला रहेका छन । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउ गाउँमा लगेर चर्चा कमाएका बास्तोला खेल क्षेत्रमा कहलिएका छन । पर्यटन क्षेत्रमा होटल हिल टावर( अन्तु) न्यायिक समिति तर्फ लेखनाथ दाहाल , स्वास्थ्यमा बिना लाप्चा रहेका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र नगर प्रमुख रण बहादुर राईले पुरस्कार र सम्मानपत्र बिवरण गर्नु भएको थियो ।