इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

खेलकुद

फिक्कल :-  इलाम

खेलकुदको विकास र स्थानीय कला–संस्कृति संरक्षण गर्ने उद्देश्यसहित इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गढीथुम्का मिनी मेलाको अवसरमा भदौ १८ गतेदेखि सुरु हुने प्रतियोगिता घलेटारस्थित चियाबारी मैदानमा हुनेछ।

गढीथुम्का मिनी मेला आयोजक समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले नगद रु। ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद रु। ३० हजार, ट्रफी र मेडल हात पार्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले भदौ १२ गतेसम्म दर्ता गर्नुपर्नेछ। दर्ता शुल्क रु। ५ हजार तोकिएको आयोजक समितिले जनाएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार खेल सञ्चालन गरिनेछ।

प्रत्येक टिममा १० खेलाडी र एक म्यानेजर अनिवार्य रहनेछ। प्रतियोगिता र मेलाबाट खेलकुदसँगै इलामको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास आयोजक समितिका हरि गुरुङले व्यक्त गरेका छन्।

Share this: