सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतिय नम्बर प्लेट ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया पवित्रा लिम्बू , १० वर्षीय दिप्सन लिम्बू , ७० वर्षीया कमला ढकाल , १५ वर्षीया छेप्साङ लिम्बू , ३० वर्षीया प्रमिला कार्की र उनका १ वर्षीय छोरा घाइते भएका छन्।
घटनाको बेला अटोमा ७ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। सानो गाडीमा सूर्योदयकै भीम पाण्डेको रहेको प्रारम्भिक जानकारी फिक्कल प्रहरीले दिएको छ।
घाइतेहरूलाई फिक्कलस्थित श्रीनिधि हस्पिटल र पार्वती पोलिक्लिनिकमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ।