सूर्योदय नगरपालिका–१३ मा रहेको युथ ग्रुपले तिहार अवसरमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट रु ७ हजार ३५५ संकलन गरेको छ । भुटानीचोक आसपासका घरमा गरिएको कार्यक्रमले स्थानीयको उत्साहपूर्ण सहभागिता पाएको थियो।
संकलित रकम संस्थाको आर्थिक सुदृढीकरण र सामाजिक कार्यमा खर्च गरिने ग्रुपका उपाध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो।
कार्यक्रममा अध्यक्ष प्रवीण बिसी, कोषाध्यक्ष मनोज राई, सह–सचिव संगीत पौडेललगायतको सक्रिय सहभागिता रहेको थियो।
समूहले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



