सुर्योदय नगरपालिका नौ मा प्रथम धार्मिक महोत्सव गरिने

समाचार

इलामको सुर्योदय नगरपालिकामा प्रथम धार्मिक महोत्सव २०८१ हुनेभएको छ ।

वडा नम्बर नौ स्थित पाथिभरा टोलको माइली पाथिभरा देवि मन्दिर परिसरमा चैत्र १७ गते देखी २४ गते सम्म महोत्सव आयोजना गरिएको हिजो पत्रकार सम्मेलन गरि आयोजक समितिले जान्कारी दिएको छ ।

२०२४ सालमा माइलि पाथिभराको उत्पति भएर विभिन्न व्यक्तिहरूले यहाँ आई शक्ति पाप्त गरेपछि यस स्थानलाई माइली पाथिभरा नामले स्थापित गरिएको समितिले जनाएको छ ।

विभिन्न कारणले प्रचारप्रसार हुन नसक्दा यस क्षेत्र पछि परेको हुनाले यस्को प्रर्वधन गरि मन्दिरको जग्गा व्यवस्थापन र सामुदायिक भवन निर्माण गर्ने उदेश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथ महोत्सव आयोजना गरएको पुराण आयोजक समिति अध्यक्ष सेखर भट्टराईले जान्कारी दिनुभयो । उहाँले महोत्सवमा स्थानिय कुराहरुलाई नै प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।

वडा नम्बर नौ का वडाअध्यक्ष देवेन्द्र शर्मा तथा वडा सदस्यहरुको उपस्थितिमा मिति सार्वजनिकि तथा पत्रकार सम्मेलन गरिएको थियो ।

शर्माले पाथिभरा देवि स्थान आगामी वर्षहरुमा धार्मिक पर्यटकहरुको आस्थाको केन्द्र बन्ने गरी महोत्सवले काम गनुपर्ने बताउनु भयो । उहाँले यसलाई प्रचारप्रसार तिव्रगतिमा लागेर सभ्य र भव्य बनाउन सुझाव दिनुभयो । यस्ता कार्यक्रमले आर्थिक हिसाबमा चुकाउने भएकाले पारदर्शितामा बढी ध्यान राखेर काम गर्न सुभलाव दिँदै स्थानिय सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

महोत्सव सम्पन्न गर्न ८ लाख बढी खर्च लाग्ने आयोजक समितिको अनुमान रहेको बताइएको छ ।

Share this: