सुर्योदयमा सिप विकास तालिमले महिलालाई स्वरोजगार बनाउँदै , मौलीक खानपानमा फर्किदै समाज

सबै समाचार

                भुटेको मकै , गाहुँ ,जौँ , चना बदाम,आदीबाट बनाएको खाद्यान्नको एक परिकारलाई सातु अथवा सत्तु भन्ने गरिन्छ । करिब २० र २५ वर्ष पहिले खेतलामा खाजाको रूपमा प्रयोग गरिने यो परिकार अहिले भने गाउँघरमा लोप हुँदै गएको छ । यदाकदा अझै पनि बुढापाकाले प्रयोग गरेको पाईन्छ ।नेपालीको मौलिक खाजा सातुले आजभोलि भने वयवसायीक्ता पाउन थालेको छ । सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो । इलामको सुर्योदय नगरपालिकामा महिला सहकारीले आफ्ना सदस्यहरूले तालिम लिएपछि भने अहिले व्यवसायीक रूपमा उद्यम नै संचालन गरिरहेका छन । नगरपलिका २ स्थित श्री महिला पशुपति कृषि सहकारीले अहिले आफ्नो मौलिक परिकारलाई उत्पादनको मुख्य बस्तुको रुपमा बजारमा लिएर आएको छ ।

              २०८१ सालमा सुर्योदय नगरपलिका महिला बालबालिका तथा समाजकल्याण शाखाले शिप विकास अन्तरगत ३० जना दिदिबहिनीहरुलाई सातु बनाउने तालिम दिएपछि सहकारीले उत्पादन तथा यसको बजारिकरण गर्दै आएको छ । शाखाले तालिम मात्रै दिएन दिइएको सिप सदुपोग गरि आयआर्जनको पाटोलाई जोड्ने उदेश्यले सातु बनाउने मेसिन समेत चक्रिय विउँ पुँजी अनुदान मार्फत उपलव्ध गराएपछि सहकारीमा झनै उत्साह थपिन्दै गएको छ । हाल सातु उत्पादनमा दैनिक ३ जनाले रोजगारी पाउनुभएको छ । ६ सयका दरले कामदारको ज्याल तोकिएको छ । हप्तामा ३ दिन उहाँहरुले काम गर्नुहुन्छ । सहकारीले यसलाई मासिक रुपमा विस्तार गर्ने लक्ष्य लिएको सहकारी अध्यक्ष ज्याजिमा तामाङले बताउनुभएको छ । उहाँले यसको लागि नगरले थप सहज कार्यक्रमहरु ल्याउन पर्ने र कृषकहरुलाई पनि रैथाने बालीमा प्रोत्साहन गर्न पर्ने बताउनुभयो । यस्तै सहकारी सघ व्यवस्थापक कल्पना तामाङले निकट समयमा नै सातु उत्पादन बढाउने, बजारीकरण र ब्राण्डिङ गर्ने तयारीमा लागेको जान्कारी दिनुभयो । उहाँले यही उत्पादित कच्चा पदार्थको प्रयोग गरिएपनि केही बस्तु भने आयतित प्रयोग गर्न पर्ने गरेको बताउनुभयो । हाल सर्वोतम सातु र अरु मकैको , गहुँको, चनाको सातु उत्पादन गर्ने गरेकबो बताउनुभयो । कच्चा पदार्थ आपुर्ति गर्न नसक्दा बजार माग धन्न कठिन पर्ने गरेको समेत बताउनुभयो ।

              सातुमा ७५ प्रतिसत अन्न र बाँकी २५ प्रतिसत अन्य खाध्इ वस्तु प्रयोग गरि मिश्रण गरिन्छ । हाल विध्यालयमा दिवाखाजा, वृद्धवृदाले खान, खाजाको लागि लैजाने गरेको बताउनुभयो । स्वास्थ्य र पोषण युक्त हुने हुदाँ सबैले यस्को प्रयोग गर्दा राम्रो हुने विज्ञहरको समेत भनाइृ रहेको छ । उहाँले हाल सहकारीले सुपथ मुल्यका पसल संचालन गरी पसलमा स्थानिय उत्पादित वस्तु डल्ले खोसार्नीको अचार , रोङको बेसार, लगायत दैनिक उपभोगिइ बस्तु तथा लत्ता कपडाहरु समेत रहेका छन । प्रत्यक्ष रोगारी संग जोडिएको सहकारीले सेयर सदस्यहरुलाई सक्षम र सबल बनाउने उदश्यले हाल सुपथ मुल्य सहकारी पसल विगत केही वर्षदेखि संचालन गर्दै आएको छ । २८ जनाबाट शुरु गरिएको सककारीको हाल ७ सय बढी सदस्यहरु रहेका छन ।

              स्वास्थ्य वर्दक खाद्य वस्तु् सातुको उत्त्पदन प्रक्रिया भने थोरै झन्जटिलो रहेको छ । मकैलाई माटो भाँडा वा अन्य कुनै घरेलु उपकरण बाट भुट्नु पर्दछ । गहुँ बदाम आदि वस्तु भने भुट्नुपुर्व धुनु पर्दछ भने त्यपछि सु्काएर भुटेर मात्रै पिस्नु पर्दछ । पिसेपछि त्यस्लाई चाल्नोले चालेर मिक्स गरी सके पछि मात्रै प्याकेजिङ हुने गरेको छ । यता आगमी वर्षहरुमा थप सिपमुलक र स्वदेसमै स्वरोगार बन्न प्रेरित गर्ने गरिका कार्यक्रमहरु लिएर आउने सुर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाले जान्कारी दिनुभयो ।

Share this: