सूर्योदय नगरपालिकाको सामाजिक समस्यामाथि मानव अधिकार एलायन्स सुर्योदय नगरसमितिको ध्यानाकर्षण

समाचार

बिक्रम सुन्दास :- फिक्कल , इलाम

मानव अधिकार एलायन्स सूर्योदय समितिले सूर्योदय नगरक्षेत्र भित्र विद्यमान विविध सामाजिक समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। समितिले सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, लैङ्गिक समानता, श्रमिक शोषण, बालश्रम, घरेलु हिंसा, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, वातावरणीय संकटलगायत विषयमा चासो व्यक्त गर्दै सम्बद्ध निकायहरूलाई समस्या समाधानका लागि आग्रह गरेको हो।

मानव अधिकार एलायन्स सूर्योदय समितिका अध्यक्ष शरण फागोका अनुसार, स्थानीयवासीहरूबाट प्राप्त उजुरी, सूचना तथा निरीक्षणका आधारमा ती समस्याहरू पहिचान गरी समाधानका लागि सम्बन्धित पक्षसँग माग गरिएको हो।

समितिले यथाशीघ्र आवश्यक नीति निर्माण, योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि कदम चाल्न अनुरोध गरेको छ। एलायन्सले सूर्योदय नगर प्रमुख रण बहादुर राई, उप–प्रमुख दुर्गा कुमार बराल, नगरको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, होटल व्यवसायी संघ, नेपाल प्रहरीलगायत निकायलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको छ।

समितिले सामाजिक समावेशिता र मानव मर्यादामाथिको सुनिश्चितताका लागि तत्काल पहल आवश्यक भएको जनाएको छ।

Share this: