प्रविन बिसी , इलाम
सूर्योदय नगरपालिका–१३ मा युवाहरूलाई संगठित गर्दै सामुदायिक विकास र सामाजिक सशक्तीकरणमा अघि बढाउने उद्देश्यले नयाँ युथ ग्रुप गठन गरिएको छ। सर्वसम्मत निर्णयअनुसार प्रविन विसीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हो।
समितिको उपाध्यक्षमा युवराज भण्डारी, सचिवमा दिनेश आचार्य र संगीत पौडेल, कोषाध्यक्षमा मनोज राई र विपिन पौडेल रहेका छन्। सदस्यहरूमा विकिन कटेल, समिर मिश्र, विशाल खतिवडा, गुरु कटेल, प्रतीक मिश्र, याम खड्का, चन्द्र कार्की (डोली), पंकज आचार्य, दुर्गा ढुङ्गाना, दिपेन्द्र राई, सागर परियार, कृतिका राई, सागर मिश्र, मनोज आचार्य, दिपेन बिरहाङलगायत चयन भएका छन्।
दलगत राजनिति धार भन्दा फरक उद्देश्य र आचारसंहिता बनाइ युवाहरु एक जुट बनेका हुन ।
समूहको प्रमुख उद्देश्यबारे जानकारी दिँदै सचिव दिनेश आचार्यले युवाहरूलाई संगठित गर्दै सामुदायिक विकास, सामाजिक गतिविधि, युवा सशक्तीकरण र सकारात्मक अभियान सञ्चालन नै समूहको लक्ष्य रहेको बताएका छन ।
उपाध्यक्ष युवराज भण्डारीले समूहले शिष्टाचार, नम्रता, समानता, सहकार्य, समयपालन, पारदर्शिता र जवाफदेहितामा विशेष जोड दिने उल्लेख गरे। अध्यक्ष प्रविन विसीले सामूहिक निर्णयको पालना गर्दै समाजको मूल्य–मान्यतालाई सम्मान गर्ने, विवाद छलफलमार्फत समाधान गर्ने र समूहको छवि जोगाउने जिम्मेवारी सदस्यहरूले लिनुपर्ने बताए।
नवगठित युवा समुहले प्रहरी बिटलाई विदाई पनि गरेको छ ।
गठन भएको पहिलो दिनमै समूहले सामुदायिक भावनाको उदाहरण प्रस्तुत गर्दै वडा नं। १३ र १४ मा सेवा दिँदै आएको कटुसेस्थित अस्थायी प्रहरी बिटलाई विदाई कार्यक्रम गरेको छ।
२०७४ सालदेखि सुरक्षा सेवा दिँदै आएको सो प्रहरी बिट मर्ज हुने क्रममा अन्तिम दिनमा प्रहरी वरिष्ठ हवल्दार पुण्यप्रसाद अधिकारीलाई अबिर दलि बिदाई गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वडावासी र युवाहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले आफ्नो नेतृत्वमा १८ महिना कार्यरत रहँदा वडावासी, जनप्रतिनिधि र युवाबाट ठूलो सहयोग पाएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन ।
विदाई कार्यक्रमलाई समूहका सचिव दिनेश आचार्यले अनौपचारिक तर आत्मीय ढंगले सञ्चालन गरेका थिए।