राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज इलामले स्थापना गरेको ८आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२ यस वर्ष निवर्तमान अध्यक्ष राम योङहाङलाई प्रदान गरेको छ । १० हजार रुपैयाँ राशीसहितको पुरस्कार उनलाई इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । माङसेबुङ–३ निवासी योङहाङ १९ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । रेडियो इलाम एफएम हुँदै पत्रकारिता प्रारम्भ […]

क्रमश....

डीडीसीले बक्यौता नदिएपछि दुग्ध किसान आन्दोलनमा

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले लामो समयदेखि बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसान आन्दोलनमा उत्रिएका छन् । काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका किसानले आइतबार डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा धर्ना दिँदै नाराबाजी गरेका हुन् । अखिल नेपाल किसान महासङ्घको अगुवाइमा गरिएको आन्दोलनमा सहभागी किसानले डीडीसीबाट करिब १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको दाबी […]

क्रमश....

सूर्योदय नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन पौडेल निर्वाचित

सूर्योदय नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पुजन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, दोस्रो उपाध्यक्ष दिपेश शाह, महासचिव तोयानाथ भट्टराई, कोषाध्यक्ष मिना ढकाल र सचिव विक्रम श्रेष्ठ चयन भएका छन्। सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु […]

क्रमश....

रोङ गाउँपालिका–६ मा जेष्ठ नागरिकलाई टोलमै पुगेर सहुलियत सेवा

गोविन्द पौडेल : रोङ, इलाम इलामको रोङ गाउँपालिका–६ ले जेष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई लक्षित गर्दै टोलस्तरमै नवीकरण सेवा सुरु गरेको छ। वर्षायाममा वडा कार्यालयसम्म पुग्न कठिनाई हुने र अतिरिक्त खर्चिनुपर्ने अवस्था देखिएकाले वडा समितिको निर्णयअनुसार घुम्ती शिविरमार्फत सेवाप्रवाह गरिएको हो। वडाध्यक्ष सत्यम राई चौरासेको अनुसार वडा कार्यालयका एक–दुई जना कर्मचारी परिचालन गरेर […]

क्रमश....

श्रीज्योति माध्यमिक विद्यालयमा हरितालिका तीज धूमधामसहित मनाइयो

प्रविन बिसी :- लक्ष्मिपुर , इलाम  सूर्योदय नगरपालिका–१३ स्थित श्रीज्योति माध्यमिक विद्यालयले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरी धूमधामसहित मनाएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजना तथा सम्पूर्ण शिक्षक–शिक्षिकाको पहलमा सम्पन्न कार्यक्रममा विद्यार्थी र शिक्षक दुवैले सहभागी भई तीजको उल्लास साझा गरेका थिए। कार्यक्रममा विद्यालयमै खिर पकाई सम्पूर्ण विद्यार्थी र शिक्षिकाहरुलाई खुवाइएको थियो। साथै, शिक्षिका […]

क्रमश....

सूर्योदय–१० फिक्कलमा अटो र सानो गाडी ठोक्किँदा ७ जना घाइते

सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतिय नम्बर प्लेट  ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया  पवित्रा लिम्बू , १० वर्षीय  दिप्सन लिम्बू , ७० वर्षीया  कमला ढकाल , […]

क्रमश....

इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

फिक्कल :-  इलाम खेलकुदको विकास र स्थानीय कला–संस्कृति संरक्षण गर्ने उद्देश्यसहित इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गढीथुम्का मिनी मेलाको अवसरमा भदौ १८ गतेदेखि सुरु हुने प्रतियोगिता घलेटारस्थित चियाबारी मैदानमा हुनेछ। गढीथुम्का मिनी मेला आयोजक समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले नगद रु। ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले […]

क्रमश....

गाउँको बीचमै मोटरेबल सडक निर्माणले, स्थानीयवासी हर्षित

गोबिन्द पौडेल :- रोङ  रोङ गाउँपालिका–६ रम्भ्याङस्थित स्कुलडाँडा देखि आलेढुङ्गासम्मको करिब तीन सय मिटरको गोरेटो बाटो अब मोटरेबल बनेको छ। विगतमा विद्यालय, स्वास्थ्य चौकी, र वस्ती पुग्न लामो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ। २०२८ सालमा नापीमा परेको भए पनि उक्त सडकले अहिलेसम्म विकासको मुहार देख्न पाएको थिएन। बिगतमा यो बाटो तत्कालीन जिर्मले–५ […]

क्रमश....

सूर्योदय नगरपालिकाद्धारा पत्रकार मनोज अधिकारी सहित १६ विधामा १९ जना सम्मानित

सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई […]

क्रमश....

१२ कक्षा नतिजा सार्वजनिक स् ३८।८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजी विषयमा सबैभन्दा बढी अनुत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३८।८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना गरी कूल ५ लाख १० हजार […]

क्रमश....