मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक

फिक्कल बोइ मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक भएको छ । गायक राजु लामाको आवज, डि .पी . खनालको शब्द, मनोज थापा मगरको संगित रहेको गीतमा गुरुङले अभिनय गरेका छन । मुकेशलइ अन्जु मगरले साथ दिएकी छन ।   मुकेशले आफुलाई निरन्तरता दिदैँ लाने बताएका छन । उनले पछिल्लो समयमा चर्चा कमाउँदै गएका छन […]

क्रमश....

काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु , कम्तीमा ४० जना घाइते

काठमाडौं :- काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार दुईवटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो । चाबहिलस्थित एसएस एकेडेमीको […]

क्रमश....

ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्धारा दलित सशक्तिकरणका लागि कोष स्थापना गरिने

ताप्लेजुङ :- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ । दलितको हक, अधिकार सुनिश्चित गर्दै संरक्षण र सशक्तिकरणमा सहयोग पुर्याउन गाउँपालिकाले कोष स्थापना गर्नेगरी तयारी गरेको हो । दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पहुँच बढाउन र उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउनेगरी कोषको अवधारणा ल्याएको गाउँपालिका […]

क्रमश....

सुर्योदय नगरपलिकाबाट तिन बाल श्रमीकको उद्धार

फिक्कल :- सुर्योदय नगरपलिकामा घर तथा सडक निर्माण गर्दै गरेको स्थानबाट बाल श्रमीकको उद्धार गरिएको छ । बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको वडा नम्बर ९ र १० मा घर निर्माण गर्दै गरेको स्थानबाट भारत बिहार घर भएका १८ वर्ष भन्दा मुनिका ३ बालक सौरव सिंह , सोहेल अक्तर ,गुल्फराजलाई उद्दर गरिएको हो । सूर्योदय […]

क्रमश....

झापाका आयुर र दीक्षान्तलाई मलेसियामो स्वर्ण

काठमाडौँ :- आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा सोमबार स्वर्ण पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दीक्षान्तको स्वर्णसहित नेपालले ७ पदक जितेको हो । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो । आयुरले ९ देखि ११ वर्ष उमेर समूह र दीक्षान्तले १२ वर्षमुनि उमेर समूहमा […]

क्रमश....

नेशनल लघुवित्तद्धारा करिब साढे चारलाख विमा रकम हस्तान्तरण

फिक्कल :-  नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पशुपतिनगर ,इलामद्धारा विमा रकम हस्तान्तरण गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर १२ स्थित मलिम महिला समूह , समुह नम्बर ६६ की सदस्य स्वर्गीय पम्फावती राईका श्रीमान रुप बहादुर राईलाई हस्तान्तरण गरिएको हो । उहाँको बचत र विमा अवधि बापत प्राप्त रकम सोम्बार वडा नम्बर १२ […]

क्रमश....

सूर्योदयमा मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न

इलाम :- इलामको सूर्योदय नगरपालिकामा प्रारम्भिक बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको स्वीकृत कार्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षकका लागि ३ दिने मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको हो । झापाबाट आउनु भएका दिप्ता धमलाले प्रशिक्षण दिनु भएको पहिलो समूहको तालिम सम्पन्न […]

क्रमश....

इलाममा साथीको हत्या गरी फरार भएका बिमल खवास पक्राउ

साथीलाई हत्या गरी फरार भएका इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवास पक्राउ परेका छन् । गए राति बिमल खवासलाई इलाम– ७ टुँडिखेलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी सहायक निरीक्षक प्रदिप मुखियाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु […]

क्रमश....

झापामा अवैद सामाग्री बरामद

झापा : निशान निरौला जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका–५, पश्चिम बस स्ट्यान्डबाट ठूलो परिमाणमा अवैध सिक्किमे मदिरा बरामद गरेको छ। शुक्रबार राति करिब ८ : २० बजे बेवारिसे अवस्थामा रहेको १५६ पिस ‘सिक्किमे मक्स’ ब्रान्डको मदिरा फेला परेको हो। बरामद मदिराको अनुमानित बजार मूल्य एक लाख चौबीस हजार […]

क्रमश....

इलाममा कुुटपिटबाट एकको ज्यान गयो

इलाम :- इलाममा कुुटपिटबाट एकको ज्यान गएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी […]

क्रमश....