आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
आजको प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी ) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।
यस्तै एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन पत्रकार सुरेश रजकको आन्दोलनकारीले गरेको आगजनीमा परी ज्यान गएको छ ।