कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामद्धारा तेस्रो स्थान हासिल

फिक्कल , इलाम बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत, र १२ कास्य पदकसहित कुल २२ पदक जिती तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा मोरङ पहिलो ४६ पदक र झापा दोस्रो ४४ पदक बनेका थिए। ११औं स्थानबाट तेस्रोसम्मको यात्रा तय गरेको इलामको यो उपलब्धि पालिका […]

क्रमश....

सर्योदय नगरपालिका ८ छिपिटारबाट लागुऔषद प्रयोग कर्ता एक जना पक्राउ

इलामको सर्योदय नगरपालिका ८ छिपिटारबाट लागुऔषद प्रयोग कर्ता एक जना पक्राउ परेका छन । लागुऔषध प्रयोग कर्ता लाई सशत्र प्रहरी बल आइतबारे बाट ड्युटिमा खटिएका जवानले कारोबार भईरहेको स्थानबाट सुनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

क्रमश....

राष्ट्रपति रनिङ शिल्डको कोशी छनोटमा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटे

मोरङको विराटनगरमा आजदेखि शुरू भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको संयोजनमा शुरू भएको प्रतियोगितामा ३ वटा जिल्लाका ३ सय २४ जना खेलाडी प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् । ३ वटा जिल्लामा समयमै […]

क्रमश....

“कवि” कविता राईृ गाउँलेको कविता कृति “फाटकमा घाम” को शनिबार फिक्कलमा लोकार्पण

“कवि” कविता राईृ गाउँलेको कविता कृति “फाटकमा घाम” को शनिबार फिक्कल इलाममा लोकार्पण गरिएको छ । सुर्योदय गजल मञ्च सुगमको आयाजना तथा पाभिभारा मिडिया प्रा। लीको सहआयोजनामा लोकार्पणको आयोजना गरिएको थियो । भारतका कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता साथै सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्राईको अध्यक्षतामा सुर्योदय नगरपलिकाको सभा हलमा एक समारोहका विच “फाटकमा घाम” […]

क्रमश....

रैथाने वालि लोप हुँदै जादां ईलामको काली काक्रा पनि नक्कली

गोविन्द पौडेल :  रोङ रैथाने वालि लोप हुँदै जादां ईलाम कोशेली काली काक्रा पनि नक्कली हुन थालेको छ । ईलाममा पहिलो पटक व्यवसयीक रुपमा खेति गरिदै आएको स्वादिलो स्थानिय जातको काली काक्रो यति बेला धेरै र छिटो उत्पादन लिन उस्तै प्रकार र रंगमा देखिने विदेशबाट आयतित बर्णशकर (हाईब्रेड) जातमा भित्रिएपछि रैथाने जातको कालिकाक्रो नक्कलि बनेको […]

क्रमश....

ज्वोति माविद्धारा नयाँ विद्यार्थी स्वागत तथा शिक्षक विदाई कार्यक्रम सम्पन्न

प्रविन विसी : लक्ष्मिपुर, इलाम सुर्योदय नगरपलिका १३ मा अवस्थित ज्योति माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रम बिच शिक्षक विदाई , कक्षा १२ का विद्यार्थीलाई विदाई साथै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईको अध्यक्ष्तामा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक, अभिभावक सङ्घका पदाधिकारीको उपस्थिति रहेको थियो । विगत १६ […]

क्रमश....

तकपत विन्द्यवासिनी मन्दिर संरक्षण समितिको चौथो साधारण सभा सम्पन्न , पुन रिजाल पुन अध्यक्ष चयन

बिबेक शर्मा लामिछने : अन्तु सुर्योदय नगरपलिका ४ तकपत स्थिति श्री विन्द्यवासिनी मन्दिर संरक्षण समितिको चौथो साधारण सभा सम्पन्न भएको छ। अध्यक्ष गोकर्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथिमा वडा नं ४ का वडा सदस्य जिवनकान्त न्यौपाने रहनु भएको थियो । सभामा विभिन्न संघ संस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तिका साथ एक सय भन्दा वडि स्थानीय […]

क्रमश....

रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

इलामको रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई आर्थिक बर्ष २०८१र०८२ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिको हो । पाँचथरको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त घोषणा कार्यक्रममा, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णु माया […]

क्रमश....

कन्याममा प्रदेशस्तरीय तस्बिर प्रदर्शनी

इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेश स्तरीय तस्बिर प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट तस्बिरहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० तस्बिरमध्ये फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, […]

क्रमश....

विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश भएको छ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन समितिमा पेश गरेको हो । विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गएको वैशाख २२ गते समितिले १० दिनको समय थपेको थियो । त्यसअघि गएको चैत ८ गते समितिले उपसमितिलाई ३५ […]

क्रमश....