इलामको अन्तुमा चार दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न, सहभागीलाई गुफापातलले दियो नया स्वाद

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय काँकडभिट्टाको सहकार्यमा इलामको पर्यटकीय क्षेत्र अन्तुको अन्तुहोम स्टेमा मा चार दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ। तालिममा कोशी प्रदेशका मोरङ, सुनसरी, तेह्रथुम, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी सात जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूलाई वरिष्ठ पत्रकार मोहनि मैनाली पर्यटन प्रर्वधनको लागी […]

क्रमश....

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने विद्युतीय सवारीसाधनको भाडा नबढेको स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन प्रयोग गर्ने सवारीसाधनमा मात्र लागू भएको जनाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ गते स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो। तर, सो समायोजन […]

क्रमश....

आईपीएल क्रिकेटमा हैदरावादद्धारा दिल्ली पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई हराएको छ ।  हिजो बेलुका हैदरावादको घरेलु मैदानमा भएको खेलमा हैदरावाद ४७ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरे । उनले ६८ बलमा अविजित १३५ रन बनाए । हैदरावादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।  […]

क्रमश....

कोशी प्रदेशमा सवारी दर्ता पाँच लाख भए पनि नवीकरण भने न्यून

कोशी प्रदेशमा सवारी साधन दर्ता हुने क्रम बढिरहेको भए पनि हरेक वर्ष न्यून संख्यामा मात्र सवारी नवीकरण हुने गरेको पाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखाले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा दर्ता भएका कुल सवारी साधनको तुलनामा नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । मन्त्रालयको प्रगति विवरण अनुसार […]

क्रमश....

रोङ स्थित पाथीभारा मन्दिरको पुरानो समितिको असुलउपरमा प्रशासन कार्यलय इलामको सुस्तता

इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित सानो पाथीभरा मन्दिरमा भएको भनिएको आर्थिक अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ। मन्दिरको पूर्व व्यवस्थापन समितिको कार्यकालमा देखिएको ८८ लाखभन्दा बढी बेरुजु रकम असुलउपरमा जिल्ला प्रशासन कार्यालयले ढिलाइ गरेको आरोप लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति तथा सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रेश्वर […]

क्रमश....

तेस्रो इलाम गोल्कपमा पूर्वाञ्चल एफसी मोरङको विजयी यात्रा शुरु

तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता आज इलामको प्रतिष्ठित टुँडिखेल मैदानमा उत्साहजनक माहोलका बीच सुरु भएको छ। उद्घाटन खेलमै दर्शकहरूले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हेर्न पाए। पहिलो खेलमा आयोजक रेडहर्स एफसी इलाम र पूर्वाञ्चल एफसी मोरङबीच प्रतिस्पर्धा भएको थियो। खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको रेडहर्सले उत्कृष्ट प्रदर्शन गर्दै सुरुआतमै अग्रता बनाएको थियो। खेल […]

क्रमश....

सिद्धिखोला जलविद्युत आयोजनाबाट उत्पादन सुरु, राष्ट्रिय ग्रिडमा जडान

रोङ ,इलाम : गोविन्द पौडेल इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबीच बहने सिद्धिखोलामा निर्माणाधीन सिद्धि जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सफल परीक्षणपछि राष्ट्रिय प्रसारण लाइन ग्रिडमा जडान गरिएको छ। सिद्धि हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा निर्माण गरिएको उक्त आयोजनाको परीक्षण प्रसारण गत चैत १६ गते सम्पन्न गरिएको हो। कम्पनीका प्रतिनिधि सरोज पौडेलका अनुसार आयोजनाबाट उत्पादित विद्युत इलामको लसुनेस्थित […]

क्रमश....

इलाममा ‘आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३’ द्धारा सुदिप श्रेष्ठ र क्रियाशील महिला पुरस्कारद्धारा बुद्यमाया सोङ्मी पुरस्कृत

इलाममा सञ्चालित “आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३” यस वर्ष पत्रकार सुदिप श्रेष्ठ लाई प्रदान गरिएको छ । त्यसैगरी, क्रियाशील महिला पुरस्कार बुद्यमाया सोङ्मीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिका प्रमुख जय प्रकाश राई रहनुभएको थियो । कार्यक्रममा केदार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, […]

क्रमश....

फिक्कलमा ‘द लोकल मेलो’ सुरु, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धनमा जोड

लोपोन्मुख लाप्चा जातिको बसोबास रहेको क्षेत्रमा स्थानीय उत्पादन र विविध जातीय पहिचान झल्काउने खानाका परिकारहरूको दिगो बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘द लोकल मेलो’ नामक बजार सुरु गरिएको छ। फिक्कलस्थित परिसरमा सुरु गरिएको यो बजारको पहिलो दिन शनिबार उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। पहिलो दिन अर्गानिक तरकारी, डेरी उत्पादन, अचार, स्थानीय खाजा, चिया तथा […]

क्रमश....

तेस्रो इलाम गोल्डकप बैशाख ५ देखि, उद्घाटन खेलमै अन्तर्राष्ट्रिय भिडन्त

तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता बैशाख ५ गतेबाट सुरु हुने भएको छ। उद्घाटन खेलमा आयोजक रेडहर्स एफसी र भारतको जर्जियन एफसीबीच प्रतिस्पर्धा हुने तय भएको छ। रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो। बैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय लिगका ३ क्लबसहित कुल ८ टोलीको सहभागिता रहनेछ। बैशाख ६ […]

क्रमश....