निरुपित राष्ट्रिय उपाध्यक्षद्वारा सूर्योदय जेसिजको भ्रमण सम्पन्न

समाचार

 जेसिज निरुपित राष्ट्रिय उपाध्यक्ष अनिस भट्टराईले सूर्योदय जेसिजको भ्रमण सम्पन्न गर्नुभएको छ । शनिबार आयोजित एक विशेष कार्यक्रममा सूर्योदय जेसिजले उहाँलाई सम्मानसमेत गरेको छ ।

कार्यक्रम नविन आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । आचार्य सूर्योदय जेसिजका कानुनी सल्लाहकारसमेत हुनुहुन्छ । कार्यक्रममा विभिन्न जेसिजकर्मी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सूर्योदय जेसिजका संस्थापक अध्यक्ष प्रतिक प्रधान, वर्ष २०२३ का अध्यक्ष प्रज्वल प्रधान , नेपाल जेसिज अन्तर्गत झापा बिर्तामोड मातृ संस्थाका वर्तमान कार्यकारी अध्यक्ष लोकचन्द्र जोशी तथा कार्यकारिणी केन्द्रीय उपाध्यक्ष अनिस भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै बुधबारे जेसिजका अध्यक्षसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा सूर्योदय जेसिजका पदाधिकारी, पूर्व सदस्य, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो वितरण गरिएको थियो भने सूर्योदय जेसिजको लोगो अंकित टी–सर्ट सार्वजनिक गर्दै वितरणसमेत गरिएको थियो ।

उपाध्यक्ष भट्टराईले सुर्योदय जेशिजले यहि बर्ष एरिया कन्फ्रेन्स गाराउन लागेको हुँदा यहाँका जेशिज मनहरुलाई नेतृत्व विकासको आवश्यक्ता भएकाले श्रावणदेखि आफै आएर पनि सहजकिरण गर्ने बताउनुभयो । उहाँले युवाले राष्टरुको नेतृत्व लिने हुँदा सबेपक्षबाट अव्वल बनाउने जिम्मा पनि जेशिजमा रहेको हुँदा तालिम ,सेमिनार ,गोष्टी तथा मोटिभेसनल स्पिच पनि यहाँको आवश्यको रहेको जान्कारी दिनुभयो ।

कार्यक्रमका अवसरमा सूर्योदय जेसिज वर्ष २०२६ का अध्यक्ष विवेश अधिकारीले संस्थाले आगामी एक वर्षभित्र सञ्चालन गर्ने सामाजिक, नेतृत्व विकास तथा युवामुखी कार्यक्रमबारे आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जेसिजमार्फत युवाहरूलाई सकारात्मक नेतृत्व, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासतर्फ प्रेरित गर्ने योजना रहेको बताउनुभयो ।

Share this: