सुर्योदय ८ छिपिटारमा ‘स्व मैया कार्की स्मृति गोल्ड कप’ भोली देखि सुरु हुँदै
सूर्योदय–८ छिपिटारमा पम्प सिटि युथ क्लबद्वारा आयोजित प्रथम आमन्त्रित स्वर्गीय मैया कार्की स्मृति गोल्ड कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट पौष ५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। लामो समयदेखि प्रयोगमा नआएको बसपार्कका लागि छुट्टाइएको जग्गालाई स्थानीय युवाले खेल विकासका लागि उपयोग गर्दै फुटबल मैदान निर्माण गरेका छन्। […]
क्रमश....