सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मा प्रधानन्यायाधीश पदमा सिफारिस

समाचार

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश पद रिक्त हुने तयारीसँगै परिषद्ले संवैधानिक व्यवस्था अनुसार नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाएको जनाएको छ । अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ ।

डा. शर्माले लामो समयदेखि न्याय क्षेत्रमा कार्यरत रहँदै सर्वोच्च अदालतमा विभिन्न महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्दै आएका छन् । उनको सिफारिसपछि न्याय क्षेत्रभित्र सकारात्मक चर्चा सुरु भएको छ

Share this: