लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सूर्योदयमा विभिन्न कार्यक्रमसहित मनाइँदै

विविध विश्व समाचार

बिक्रम सुन्दास  : फिक्कल, इलाम

इलामको सूर्योदय नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ। सूर्योदय नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरभित्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्था तथा सञ्चारमाध्यमसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता स् पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको अभियानको मंसिर ९ गते सीमावर्ती क्षेत्र पशुपतिनगरमा र्‍यालीसहित उद्घाटन गरिएको थियो। र्‍यालीपछि बौद्धदामा माविका विध्यार्थीलाई सचेतानामुलक प्रशिक्षण समेत दिइएको थियो । माती नेपाल , नेपाल प्रहरी र महिला बालबालिका शाखाले कार्यक्रमको सहजीकरण गरेको थियो ।

दुई देशबीचको नाका भएकाले यस क्षेत्रबाट हुन सक्ने विभिन्न हिंसात्मक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले अभियानको सुरुवात पशुपतिनगरबाट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारा शेर्पाले बताउनुभयो।

अभियानअन्तर्गत १६ दिनसम्म माइती नेपाल, नगर बाल सञ्जाल, विभिन्न महिला समूह तथा सहकारी संस्था, सञ्चारमाध्यम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विद्यालयलगायतका निकायसँगको सहकार्यमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

अभियानले समाजमा हुने लैङ्गिक तथा अन्य हिंसात्मक गतिविधि न्यूनीकरण गर्न सहयोग पुर्‍याउनुका साथै हिंसा सहेर बस्ने प्रवृत्ति घटाउन र पीडितलाई कानुनी उपचारको बाटो खोज्न प्रेरित गरेको बताइएको छ।

हिंसामुक्त समाज निर्माण, पीडितको संरक्षण र न्यायमा सहज पहुँच स्थापित गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको अभियानले लैङ्गिक समानता र सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Share this: