झापा बुद्धशान्तिको हापेन चोकमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गयो

झापा : निशान निरौला आज बिहान करिब १०:४५ बजे झापाको बुद्धशान्ति ४ स्थित हापेन चौकमा बोलेरो र अटो एक आपसमा ठोक्किँदा भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीया अमृता तामाङ रहेककी छन्, उनी बुद्धशान्ति ४ निवासी रहेको खुलेको छ। बुधबारेबाट इलाम आउँदै गरेको प्र. १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो […]

क्रमश....

विवाहको उमेर घटाउने विषय फेरि बहसमा आउँदै

विवाहको उमेर २० पुगेको हुनु पर्ने कानुनी व्यवस्था कार्यान्वयनमा समस्या देखिएको भन्दै त्यसलाई घटाउन सर्वसाधारणले सुझाव दिएको एउटा संसदीय स्थलगत अध्ययन टोलीका सांसदहरूले बताएका छन्। देशका विभिन्न स्थानबाट १८ वर्षलाई विवाह गर्ने उमेरहदका रूपमा राख्दा त्यो व्यवहारिक हुने सुझाव आएको अध्ययनमा संलग्न सांसदहरूले बताएका हुन्। अध्ययनका क्रममा सांसदहरू तीन वटा बाल सुधारगृह, १३ वटा कारागार […]

क्रमश....

इजरेल र हमासबीच युद्धविराम सम्झौता, आइतवारबाट कार्यान्वयनमा आउने

लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। […]

क्रमश....

झापामा भन्सार छलीका अवैध सामान नियन्त्रण

निशान निरौला : झापा झापाको मेचिनगर नगरपालिका वडा नं। १० धुलाबारीमा भन्सार छली गरी ल्याइएका अवैध सामान नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट लुकाई छिपाई नेपाल ल्याइँदै गरेका विभिन्न सामान फेला पारेको हो। नियन्त्रणमा लिइएका सामानहरूमा चिजक्रिम २ काटुन, किन्डोजोई १६ प्याकेट, एभरेष्ट मसला ६० प्याकेट, अमूल […]

क्रमश....

सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिद्धारा ह्युल चेयर प्रदान

सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिले ह्युल चेयर प्रदान गरेको छ । सुर्योदय नगरपालिका वडा नम्बर १ मक्करजुङ्ग निवासी मैया देवी खड्कालाई शनिबार उहाँको घरमै पुगेर ह्युल चेयर प्रदान गरेको हो । गत पौष १० गते सम्म संचालित सुर्योदय नगरपालिका वडा नम्बर आठको मालुम पुराणमा नाम टिपाउनु भएका व्यक्तिहरूलाई पुराण आयोजक समितिले सामाग्रीहरू प्रदान […]

क्रमश....

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको नयाँ समिति गठन

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनले किशोर विश्वकर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेशनले मोरङका पत्रकार विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरे चयन भएका छन् । सदस्यहरुमा […]

क्रमश....

पृथ्वी नारायण शाहको ३०३ औ जन्मजयन्ति इलामको फिक्कलमा धुमधामका साथ मनाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको ३०३ औ जन्मजयन्ति इलामको फिक्कलमा धुमधामका साथ मनाएको छ । उहाँको फोटोमा माल्यपर्ण गरि मनाईएको हो । नेपाल र नेपाली हुनुमा गर्वको लागि सबै भाषी धर्मावलम्वी ,जाजाति ,राजनितिक दललेहरुले मनान पर्ने माल्यपर्ण समारोहमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टिका युवा नेता तारा नेपालले बताउनु भयो । उहाँले इतिहास नबुझ्ने हो भने […]

क्रमश....

राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर ,सिङ्गापुर विश्वकै शीर्ष स्थानमा

नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि […]

क्रमश....

सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस गर्न मन्त्रालय सचिवको आदेश

ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने सङ्केत दिएको छ। मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले घिसिङले “मन्त्रिपरिषद्‌को निर्णय अवज्ञा गरेको” भन्दै उनीसँग असन्तुष्ट थिए। ऊर्जामन्त्री […]

क्रमश....
PRADEEP BASHYAL/BBC

सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय ‘फिर्ता’

सर्वोच्च शिखर क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने आफ्नो केही साता पुरानो निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ। निकुञ्ज कार्यालयले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निकुञ्जको अनुमति लिएर उक्त क्षेत्रमा उडान चालु गर्न हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरेको छ। ‘निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको […]

क्रमश....