घले जातीको नयाँ वर्ष लिःल लोसर घले लोसर पर्व हिजो माइजोग्माईमामनाइएको छ । लिःल फङ्ग समाज माईजोगमाई गाउँपलिका ३,४ एकाई समितिद्धारा आयोजना गरिएको लोसर पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा घले परिवाका जेष्ठ ५ जना सदस्यहरु ९२ वर्षिय टिकाराम घले, ८९ वर्षिय प्रजापती घले , ८७ वर्षिय ओम कुमारी घले , ८६ वर्षिय विष्णु माया घले र ८१ वर्षिय गंगाराम घलेलाई अभिनन्दन गरिएको थियो । त्यसैगरि डाक्टर उपादि प्राप्त गर्नुभएका नामसालिङ्ग सामुदायिक विकास केन्द्र ईलाम प्रमुख डा। हिरा बहादुर घले र श्रिमती रिना घलेलाई सम्मान गरिएको थियो । उहाँहरुलाई अभिनन्दन पत्र र न्यानो कपडा वितरणका साथ दोसल्ला ओढाई सम्मान गरिएको हो ।
समितिका अध्यक्ष टंक बहादुर घलेको अध्यक्ष्यता, लिःल फङ्ग जिल्ला कार्य समिती इलामका अध्यक्ष छत्र बहादुर घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा। हिरा घले , छत्र बहादुर घले , जगमाया घलेले शुभकामना मन्तव्य दिनु राख्नुभएको थियो ।घले जातीको पुर्खाको सम्मानको प्रतीक तरवार, ढाल,भेडाको सिङ्ग र खुँडाको तस्विरमा पुजा गरि दिप साथ कार्यक्रमको उद्घाटन गरिएको थियो । सबै घले समुदायले आ अफ्नो भेषभुषामा उपस्थित भएर लिःल लोसर मनाएको जगमाया घलेले जान्कारी दिनुभयो । उहाँले नेपालको ३५ जिल्लामा घले जातीको बसोबास रहेको बताउनुभयो ।