रोङ ६ : गोविन्द पौडेल,
रोङ गाउँपलिका वडा नम्बर ६ रम्भ्याङ स्थित सरस्वती माध्यामिक विध्यालयमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ ।
विध्यालयले २०८१ सालको दीपावली पर्वमा संचालन गरिएको देउसी दानबाट सकलित १ लाख १७ सय र दाताहरुको सहयोग गरि करिव ३ लाख नगद र ५३ हजार बराबरको जिन्सी सहयोग जुटेकोमा करिव पाँच लाख पचास हजारको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरएको थियो । सोही मन्दिरमा माघ १७ र १८ गते वैदिक विधिअनुसार सरस्वती माताको मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएको छ । मन्दिरको २०८१ मसिर ६ गते रोङ गाउपालिकाका उपाध्यक्ष विष्णुमाया खवासले शिलन्यास गर्नुभएको थियो ।
मन्दिरको लागि लागत साझेदारीमा रोङ गाउपालिकाले ६० हजार सहयोग गर्ने भएको छ भने मन्दिरको उद्घाटन यही माघ २१ गते सरस्वती पुजाकै दिन गरिने विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङले बताउनुभएको छ ।