सूर्योदय नगरपालिका १३ र १४ का नागरिकलाई लक्षित गर्दै युथ ग्रुप (स्वतन्त्र नागरिक शक्ति) ले आगामी असार २७ गते शनिबार माङखिम भवन, उत्तरी भन्ज्याङमा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
श्रीनिधि अस्पतालको सहआयोजना तथा VXI को विशेष सहयोगमा सञ्चालन हुने शिविरमा ईसीजी, कोलेस्ट्रोल, रक्तचाप, सुगर परीक्षणलगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ। साथै रक्तदान गर्ने सबै दाताको रक्त समूह (ब्लड ग्रुप) समेत निःशुल्क परीक्षण गरिने आयोजकले जनाएको छ।
“सेवा नै धर्म हो “भन्ने मूल नारासहित सामाजिक सेवामा सक्रिय युथ ग्रुपले आर्थिक अभावमा रहेका बिरामीलाई सहयोग गर्दै आएको छ। संस्थाका अध्यक्ष प्रविन बिसीले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी भई कार्यक्रम सफल बनाउन सबैमा आग्रह गर्नुभएको छ।
