झापामा अवैद सामाग्री बरामद

समाचार

झापा : निशान निरौला

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका–५, पश्चिम बस स्ट्यान्डबाट ठूलो परिमाणमा अवैध सिक्किमे मदिरा बरामद गरेको छ।

शुक्रबार राति करिब ८ : २० बजे बेवारिसे अवस्थामा रहेको १५६ पिस ‘सिक्किमे मक्स’ ब्रान्डको मदिरा फेला परेको हो। बरामद मदिराको अनुमानित बजार मूल्य एक लाख चौबीस हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यस्तै भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याउँदै गरिएको अवैध सामानसहित एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका ६, भन्सार गेट क्षेत्रमा जाँच गर्ने क्रममा लुंगी ५१ थान, जर्सी २९ थान, भेष्ट १२ थान तथा विभिन्न किसिमका किराना सामग्री गरी करिब रु। १ लाख ५० हजार ३८० मूल्य बराबरको सामान बरामद गरेको हो।

 

Share this: