टमाटरमा चराको आक्रमण बढ्दो , किसानलाई जोगाउन हम्मे

विविध

रोङ  :- गोविन्द पौडेल

प्राकृतिकरुपमा आहाराको अभाव भएपछि किसानको टमाटर वालीमा चराको आक्रमण देखिन थालेको छ ।

किसानले लगाएको अन्नवालि जगली जनावरले नष्ट बनाएको गुनासो आईरहदा अब त चराको आक्रमण सहनु पर्ने भएको छ । बाँदर, बँदेल ,दुम्सी ,मुसा लगायतले किसानहरुको वालिनालि हैरानि बनाईरहदा,स्याल,चितुवा र बाघले पाल्तु जनावर नास गरेको पुरानै कुरा हुदो हो तर अहिले त कलकले, लामपुछ्रे, जुरेली ,रुप्पी, वनपरेवा लगायतको चराहरुको आहाराको रोजाई टमाटर हुन थालेपछि आाफुहरु आश्चर्यमा परेको रोङ ३ प्युरेका किसान भोगेन्द्र खड्काले बताए ।

उनका अनुसार यस अघि टमाटरमा रोग र किराको प्रकोप देखिए पनि कुनै जनावर र चराको आक्रमण देखिएको थिएन । खड्काले दशक अघिवाट टमाटर, सिमि ,करेला लगायतको खेती गर्दै आउनु भएको छ । यस वर्ष त रंगिबिरंगी चरा हेर्न टमाटरबारी गए हुने भयो, फूल देखि चिचिला र फल खाने चरा आउछन् टमाटर वारीमा उहाँँले भन्नुभयो ।

पहिला किसानहरुले प्रसस्त अन्न खेती गरेर आत्मा निर्भर मात्र थिएनछन् , सारा जगली जनावर समेत पालेका रहेछन् सबैले रोप्थे, अलिअलि खान्थ्यो किसानले थाहा समेत पाउदैन थिए तर अहिले पहाडी क्षेत्रहरुमा धान, मकै , गहु, कोदो कसैले रोत्दैनन् अनि जगली जनावर र पंक्षिहरुले समेत नयाँ प्रयोग गर्न थालेको अनुमान रहेको रोङ ३ का जेस्ट नागरिक खेमराज कार्कीको लगाउनुभएको छ ।

यता किसानले गरेको हरेक खेतिवाली जगली जनावरको आक्रमणमा पर्ने र सरकारको उग्र निजीवादी सिदान्तले उत्पादकको लागत समेत नउठ्ने कारण आम नागरिकहरु कृषि कर्म त्यागेर विदेशिन थालेको कारण प्रायजसो गाउहरुनै युवा विहिन भईरहेको छ । यस्तो अवस्थामा कृषकको वास्तविक समस्या पहिचानगरि कृषिलाई सम्मानित पेशा वनाएर किसानहरुलाई आवश्यक सहयोग गर्नसकेमात्रै कृषि बाट मुलुकको अर्थतन्त्रमा सहयोगि बन्नसक्ने ईलामका अग्रज पत्रकार जीवन शर्माको धारणा रहेको छ ।

Share this: